शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आगोलागीमा ज्यान गुमाएकी शेर्पाको परिवारलाई पालिकाको राहात : बिपद् कोषबाट दिनु पर्ने भुक्तानी भएन
रामेछाप बिशेष

आगोलागीमा ज्यान गुमाएकी शेर्पाको परिवारलाई पालिकाको राहात : बिपद् कोषबाट दिनु पर्ने भुक्तानी भएन

माघ ३०

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगोलागी पीडित परिवारलाई राहात प्रदान गरेको छ । गत मंगलबार राति गाउँपालिकाको वडा नं २ ठोसेको चोरपातल भन्नेस्थानका किपा शेर्पाको घरमा आगोलाग्दा २ घर जलेका थिए भने शेर्पाकी ८० वर्षीय आमा पासाङ्लेकी शेर्पाको आगोलागीमा परि ज्यान गएको थियो ।

ज्यान गुमाएकी बृद्धाका छोरासहितको परिवारलाई गाउँपालिकाकी उप-प्रमुख राधीका श्रेष्ठसहितको टोली घरमै पुगेर ५० हजार नगदसहित, चामल, ओड्ने सिरक, त्रिपाल लगाएतका सामाग्री सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रसाद सुवेदीले जुनेली न्युजलाई जानकारी दिए ।

यस्तै मृत्कका परिवारलाई जिल्ला बिपद् ब्यवस्थापन कोषबाट २४ घण्टामा भुक्तान गर्नु पर्ने २ लाख राहात भने घटना भएको तीन दिन बित्दा समेत दिएको छैन् । आइतबार सम्ममा पीडितको परिवारलाई सो रकम दिने प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले जुनेली न्युजलाई बताए ।

सम्बन्धित
ठाेसेमा आगाेलागीमा परि एक महिलाको मृत्यु

फेसबुक प्रतिक्रियाहरु