शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • पीएम कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि
समाचार

पीएम कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि

माघ २८
काठमाण्डाै । प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आज (मंगलबार) देखि हुँदैछ । फागुन १ गतेसम्म हुने प्रतियोगितामा देशभरका तीन सय खेलाडीले आठ विधाका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

भरतपुरको कभर्डहलमा हुने प्रतियोगितामा पहिलो हुनेलाई एक लाख १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद, ट्रफी र सम्मानपत्र दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १७ वर्षदेखि ४५ वर्ष उमेर समूहका खेलाडीले भाग लिनेछन् । प्रतियोगिताका लागि आठ लाख १९ हजार खर्च लाग्ने अनुमान छ ।

फेसबुक प्रतिक्रियाहरु