आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • प्रचण्ड-माधव समूहको आज बृहत शक्ति प्रर्दशनसहित जनसभा
समाचार

प्रचण्ड-माधव समूहको आज बृहत शक्ति प्रर्दशनसहित जनसभा

माघ २८,

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौंमा शक्ति प्रर्दशनसहित बिरोध प्रर्दशन गर्दै छ । गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूह निरन्तर सडक आन्दोलनमा छ ।

आज पनि बृहत शक्ति प्रर्दशन गर्दै छ । उसले आजको बिरोधमा आमनेपाली जनतालाई साथदिन हिजो पत्रकार सम्मेलन गरेर आह्वन गरेको छ । हिजो अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिकै प्रहार भएको बताए । उनले आवश्यकताअनुसार सामूहिक भेटघाटको पनि आयोजना गर्न सकिने सङ्केत गरे ।

हिजो नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा मार्चपास गरेको थियो । प्रदर्शनीमार्गस्थित वाल्मीकी क्याम्पसबाट सुरु भएको मार्चपास पुतलीसडक, बागबजार, पुरानो बसपार्क, भृकुटीमण्डप हुँदै फेरि वाल्मीकी क्याम्पस आएर सकिएको थियो । आज हुने बृहत सभालाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले स्वयंसेवकहरुलाई निर्देशन दिए ।

फेसबुक प्रतिक्रियाहरु