सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रामेछापका प्रजिअ शर्माले गरे चार प्रहरी चौकी र चार निर्माणाधिन सडकको अनुगमन्
रामेछाप बिशेष

रामेछापका प्रजिअ शर्माले गरे चार प्रहरी चौकी र चार निर्माणाधिन सडकको अनुगमन्

माघ २७,

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले रामेछाप नगरपालिका र लिखु तामाकोशी गाउँपालिका भित्रको निर्माणाधिन सडकहरुको अनुगमन गरेका छन् । उनले मंगलबार सडकसंगै चार वटा प्रहरी चौकीहरुको पनि अनुगमन गरेका छन् ।

 

आफ्नो कार्यकाल समाहालेदेखिनै जिल्लाका विकास निर्माणमा ध्यानकेन्द्रीत गरेका प्रजिअ शर्माले मंगलबार (आज) मन्थली-सालु, सालु-साघुटार,  साघुटार-शिरिशे, शिरिशे-धोबी र धोबी-हाब्रे सडकको अनुगमन गरेको जुनेली न्युजलाई जानकारी दिए । उनले-भने हामीले अनुगमन गरेका सबैसडकहरु पिच नभएको देखिएको छ, सिमित जनशक्तिबाट काम गराएको देखियो,काम अलिसुस्त गतिमा भएको पाएको छ, तर काम भएको छ । अनुगमग गरेका सडकहरु चौडाबनाउने काम भैरहेको जानकारी दिए । सामान्य कमिकम्जोर देखिएको छ भने । उनले जिल्लाका विकास निर्माण गुण्स्तरिय हुनु पर्ने बताए ।

निर्माणको संगै प्रजिअ शर्माले सालु, साघटार, शिरिशे प्रहरी चौकी र धोबीको ईलाका प्रहरी कार्यालयको पनि अनुगमन् गरेको बताए । उनले प्रहरी कार्यालयहरुको अनुगमनपछि सम्बन्धित चौकीहरुमा जनशक्तिहरुको कमी देखिएको बताए । उनले भने- चारवटै प्रहरी कार्यालयहरुको अनुगमनबाट त्यहाँ जनशक्तिको अभावदेखियो, त्यसकुरालाई मैले तत्कालै के गर्ने ? भन्नेबारे निर्णय गर्नेछु भने । समिति जनशक्तिहरुबाट पनि त्यहाँका प्रहरी साथिहरुले प्रशंसनिय काम गरेको देखियो सबै राम्रो पाइएको छ । प्रहरीको अरुत सबै ठिक भने ।

त्यस्तै उनले ठोसेमा गएराति भएको आगो लागिको घटनामा परि ज्यान गुमाएकी ८० वर्षीय बृद्धा पासाङलेकी शेर्पाको परिवारलाई आगामी आइतबारसम्म बिपद् कोषबाट गर्नु पर्ने २ लाख रुपैयाँ राहात सहयोग गर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु