सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ल्होछारको अवसरमा रामेछापका तीन गाउँपालिकामा सार्वजनिक बिदा
रामेछाप बिशेष

ल्होछारको अवसरमा रामेछापका तीन गाउँपालिकामा सार्वजनिक बिदा

माघ २७,

रामेछाप । रामेछापका विभिन्न गाउँपालिकाहरुले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिन निर्णय गरेका छन् । हालसम्ममा सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकाले सार्वजनिक बिदादिने निर्णय गरेका छन् । गत सोमबार सम्बन्धित गाउँपालिकाहरुले गाउँकार्यपालिकाको बैठक बसेर २८५७ औं सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सम्बन्धित गाउँपालिकाहरुले जनाएका छन् ।

तामाङ् समुदायको महान पर्वको भएकाले ती गाउँपालिकाहरुमा तामाङ् समुदायका मानिसहरुको बाहुल्यता रहेको भन्दै पर्व धुमधामसंग मनाउनको लागि सार्वजनिक बिदा दिन लागिएको हो । सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिकाले तीन दिन बिदा दिने बताएका छन् । उनीहरुले माघ २९, ३० र फागुन १ गते सार्वजनिक बिदा दिने जारी सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै खाँडादेवी गाउँपालिकाले भने २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । पालिकाले माघ ३० गते र फागुन १ गते सार्वजनिक बिदा दिने सूचनामा उल्लेख छ । तामाङ् समुदायको मुख्य पर्व माघ ३० गते ल्होछार परेको छ ।

ल्होछार अर्थात ‘ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ‘छार’ भन्नाले नयाँ भन्ने बुझिन्छ । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । तामाङ् समूदायमा सो दिन छोरी चेलीलाई बोलाएर टिका लगाइदिने प्रचलन् पनि छ । यो दिन तामाङ् समुदायका मानिसहरुले वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।

हालसम्मा नेपाल सरकारले भने यो पटकको ल्होछार पर्वमा बिदा दिने या नदिने केही बताएको छैन् ।

फेसबुक प्रतिक्रियाहरु