सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • उमाकुण्ड गाउँपालिकाको नौं गाउँसभा सम्पन्न (फोटोफिचर)
रामेछाप बिशेष

उमाकुण्ड गाउँपालिकाको नौं गाउँसभा सम्पन्न (फोटोफिचर)

माघ २७,

रामेछाप । रामेछाको उमाकुण्ड गाउँपालिकाको नवौं गाउँ सभा सम्पन्न भएको छ । सोमबार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षतामा भएको गाउँसभाको शुन्य र विशेष समयमा सभा सदस्यहरु रमेश कुमार सुनुवार, टेक बहादुर बराइली र मोहन बहादुर कटुवालले समसामयिक बिषयमा आफ्नो धारणा राखेका थिए ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत इस्वरी प्रसाद सुवेदीले चालू आर्थिक वर्षको प्रगती प्रतिबेदन पेश गरेको सभामा गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले न्यायिक समिति, योजना अनुगमन लगायत क्षेत्राधिकार भित्रका अन्य विषयमा प्रतिबेदन पेश गर्दै गाउँपालिकाको काम चुस्त-दुरुस्त छिटो छरितो र भर पर्दो बनाउन कर्मचारीहरुले बिशेष ध्यान पुर्याउनु पर्ने धारणा राखेकी छन् ।

सभामा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिदै गाउँपालिकाको विकास र समृद्धिमा निरन्तर लागिरहेको र गाउँपालिकाको केन्द्रसम्म पक्की सडक बनाउने, मध्यमार्गी सडक र वडाको केन्द्र जोड्ने सडक स्तरोन्नती गरि बाह्रै महिना सडक सन्चालन् गर्ने योजना सुनाए । साथै उनले सबै वडाहरुमा बिद्धुतिकरण गर्ने काम केही समयमै सम्पन्न हुने र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्वाधारको काम अन्तिम चरणमा पुगेको बताए । प्रमुख सुनुवारले आगामी दिनमा शैक्षिक गुणस्तर र जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विषयमा ध्यान पुर्याइने प्रतिबद्धता व्यक्त गर्दै नवौ गाउँसभा बैठक अन्त्य भएको जानकारी गराए ।

फोटो हेर्नुहोस् : तस्विर गाउँपालिकाको फेस्बुकबाट साभार 

May be an image of 7 people, people sitting, people standing and indoor

May be an image of 5 people, people standing and people sitting

May be an image of 2 people and people standingMay be an image of 2 people, people standing and indoor

फेसबुक प्रतिक्रियाहरु