शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कुट्पीट् र बोतल हानहान गर्नहरुलाई कारबाही हुन्छ, कानुन हातमा लिनेलाई छोड्दिन – प्रजिअ शर्मा
रामेछाप बिशेष

कुट्पीट् र बोतल हानहान गर्नहरुलाई कारबाही हुन्छ, कानुन हातमा लिनेलाई छोड्दिन – प्रजिअ शर्मा

माघ १७,

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले कानुन हातमा लिने कसैलाई नछोड्ने बताएका छन् । जिल्ला बासीको शान्ति सुरक्षाको लागि कुनै पनि कसर बाँकि नछोड्न प्रजिअ शर्माले जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिए ।

शनिबार मन्थली सहिद स्मृती बहुमुखी दोस्रो साधारण सभालाई मन्थलीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने- मैले कसैले कसैलाई बोतले हानेको कुरा सुने, मेरो मान्छे हाम्रो मान्छे नभन्नु होला भोलीदेखिनै त्यस्ता मान्छेलाई कारबाही हुन्छ । कानुन हातमा लिनेलाई छोडिदैन, शान्ति सुरक्षा, शिक्षक, बिद्यार्थीहरुको सुरक्षा सबैलाई शान्ति सुरक्षको अनुभुती गराउने प्रतिबद्धता जनाउछु भने ।

प्रजिअ शर्मा साधारण सभालाई सम्बोधन गर्दै
प्रजिअ शर्मा साधारण सभालाई सम्बोधन गर्दै

मन्थली क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले लागूऔषद् प्रयोग गर्ने कुरा मलाई आइसकेको छ, त्यो कुरामा पनि ध्यान दिनुहोला शिक्षक साथीहरु भने ।

उनले मन्थली क्याम्पस देशभरीको ४० औं क्याम्पसमा परेको भन्दै ढुक्क भएर बस्न नसकिने भन्दै प्रजिअ शर्माले देशभरीको टप टेनमा पर्ने गरि काम गर्नु पर्नेमा जोड्दिए । उनले आफू प्रत्येक महिनाको एक दिन क्याम्पसमा अनुगनमा पुग्ने समेत प्रतिबद्धता जनाए । उनले गुणस्तरिय शिक्षा कुरा हैन काम गरौं, आफैबाट सुरु गरौं भन्ने नीति लिएर काम गर्नु पर्ने तर्क गरे । आफू कुरा भन्दा काम गर्ने मान्छे भएको उनको जिकिर छ ।

फेसबुक प्रतिक्रियाहरु