सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • क्याम्पसहरुले दिने शिक्षा जिवन उपयोगी हुनु जरुरी छ- नगरप्रमुख बस्नेत (भिडियो)
शिक्षा

क्याम्पसहरुले दिने शिक्षा जिवन उपयोगी हुनु जरुरी छ- नगरप्रमुख बस्नेत (भिडियो)

माघ १७,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसलाई जिल्लाकै शैक्षिक हवको रुपमा विकास गर्नु पर्ने बताएका छन् ।

शनिबार सो क्याम्पसको दोस्रो साधारण सभालाई मन्थलीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने- जिल्लामा धेरै क्याम्पसहरुको छन्, तर हामीले मन्थली सहिद स्मृती क्याम्पसलाई जिल्लाकै शैक्षिक हवका रुपमा विकास गर्न सक्नु पर्छ, मन्थली क्याम्पस नगरको गहना हो, यसलाई टिकाउन, आगाडी बढाउन नगरले भुमिका खेल्छ,नगरपालिकाले आफ्नो योजना भित्र समावेश गरेको समेत बताए ।

प्रमुख बस्नेत क्याम्पसबाट नगरपालिकामा पेश भएको फाइल एक-दुई दिनभित्रै स्विकृत गर्ने बताए ।  नगरप्रमुख बस्नेतले क्याम्पसबाट प्रदान गर्ने शिक्षा जीवन उपयोगी शिक्षा दिन सक्नु पर्नेमा जोड्दिए । उनले मन्थली मा.वि शैक्षिक हवको केन्द्रको रुपमा विकास गरि प्राविधिक शिक्षा, स्वास्थ, ब्यवसायिक शिक्षा, जीवन उपयोगि शिक्षा आवश्यकता छ भने ।

उनले एक जना ब्यक्ति १० ठाउँमा नेतृत्वमा बसेर गर्नु पर्ने काम नगर्ने र झुलाउने काम मात्रै हुने परिपाटी रहेको भन्दै यो क्याम्पसभित्र त्यस्तो हुन नदिन आग्रह गरे ।

https://www.facebook.com/ghimimiremilan2018/videos/806843766713354

फेसबुक प्रतिक्रियाहरु