बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • तेरो पार्टी मेरो पार्टी नभनी हामी भन्ने भावनाको विकास गर्न सके समृद्धि हाँसिल हुन्छ-अध्यक्ष श्रेष्ठ
रामेछाप बिशेष

तेरो पार्टी मेरो पार्टी नभनी हामी भन्ने भावनाको विकास गर्न सके समृद्धि हाँसिल हुन्छ-अध्यक्ष श्रेष्ठ

माघ १७

रामेछाप । मन्थली नगरपालिका वडा नं एक का वडा अध्यक्ष नारायणदाश श्रेष्ठले तेरो मेरो नभनिकन काम गर्न सके विकासले गति लिने बताएका छन् । शनिबार मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसको दोस्रो साधारण सभालाई रामेछापको सदरमुकाम मन्थलीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने- क्याम्पस लगाएत सबै ठाउँको विकास गर्नको लागि तेरो मेरो नभनी हाम्रो हो भन्ने भावनको विकास गर्न सकेयौं भने हामी अघि बढ्न सक्छौं । हामीले बागमती प्रदेशको अर्थमन्त्री पाएका छौं, हामी उहाँसंग समन्वय गरेर जान सकेयौं भने हामी विकास गर्न सक्छौं, टीम मिल्नु पर्छ, हरेका ठाउँमा टिम वोर्कको आवश्यकता पर्छ टिम मिल्यो भने सफलता मिल्छ भने ।

काम गर्न सक्ने मान्छेलाई पार्टीको रुपमा नभै स्वातन्त्र भावनबाट समर्थन गर्न सक्नु पर्नेमा उनले जोड्दिए । उनले अर्थ मन्त्री ढुङ्गेलले राम्रो काम गरेको भन्दै चर्चा गरे । आफूले निर्वाचित् भएर आएदेखि आजसम्म एक कप चिया पनि नखाएको जिकिर गरे । उनले आफूलाई सबैको साथ र सहयोग मिलेमा १०० प्रतिशत काम गरेर देखाउछु भने ।

फेसबुक प्रतिक्रियाहरु