शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • रामेछाप विकासमा बागमती प्रदेशकै जेठो छ- मन्त्री ढुङ्गेल (भिडियो)
रामेछाप बिशेष

रामेछाप विकासमा बागमती प्रदेशकै जेठो छ- मन्त्री ढुङ्गेल (भिडियो)

माघ १७,

रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले रामेछाप जिल्ला बजेट र विकासमा जेठो भएको बताएका छन् । आफू मन्त्री बनेको तीन वर्षमा आफूले गरेको काम उल्लेख्य रहेको उनले दाबी छ ।

मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसको दोस्रो साधारण सभालाई रामेछापको मन्थलीमा शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने- बागमती प्रदेशका सबै जिल्लामा विकासको लहर चलेको छ, रामेछाप पनि लहर चलेको छ, प्रदेशका सबै जिल्लाभन्दा रामेछापमा अलि बढी नै चलेको छ, हामी जेठो भएका छौं ।

प्रदेशका खानेपानी, लगाएतका ९ वटा पूर्वाधारलगाएका कार्यालयहरु रामेछापमा राख्न पाएको भन्दै खुसी ब्यक्त गरे । किसानहरुको हितको लागि जिल्लामा आफूले निकै योगदान गरेको ढुङ्गेलले दाबी गरे । चिस्यान केन्द्र बनाएको छु, विद्यार्थीहरुको लागि प्राविधिकसहित पढ्ने वातावरण तयार पारेको छु भने । उनले मन्थलीदेखि जिल्लाका विभिन्न सडकहरु कालोपत्रेको चरणमा रहेको उल्लेख गर्दै रामेछाप जिल्ला विकासको लहरमा होमीएको बताए । उनले चिसापानी, पुरानागाउँ, सालु सडक कालोपत्रे हुदै छ भने । आफू आर्थमन्त्री मन्त्री बनेकाले जिल्लामा विकासका लहर चलाउन निकै सहज बनेको उनले बताए ।

मन्त्री ढुङ्गेलले विद्यालयहरु भवन मात्रै राम्रो बनेर नहुने भन्दै गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्नेमा जोड्दिए । क्याम्पसहरुमातै धेरै भएर नहुने भन्दै राम्रो र जिवन उपयोगी शिक्षा दिने शैक्षिक संस्थाहरुको आवश्यकता भएको उनको तर्क छ । भौतिक पूर्वधार तयार गर्न सम्बन्धित पक्षले मागेको सहयोग आफूसधै गर्न तयार रहेको प्रतिबद्धता जनाए । उनले सबै मिलेर जिल्लामा विकास, शिक्षा, स्वास्थ्यलगाएतका काम गर्नु पर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका ढुङ्गेलले राजनीति सफा भए सबै आफ्नो ठाउँबाट राम्रो हुने जिकिर गरे । उनले भने-जब घर आंगन सफा हुन्छ, भान्साकोठा त्यसपछि आफै सफा हुन्छ ।

https://www.facebook.com/ghimimiremilan2018/videos/170737067816688

फेसबुक प्रतिक्रियाहरु