शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाले कक्षा १ देखि ५ सम्म स्थानीय विषय “मन्थली सेरोफेरो” पुस्तक पढाउदै (भिडियो)
रामेछाप बिशेष

मन्थली नगरपालिकाले कक्षा १ देखि ५ सम्म स्थानीय विषय “मन्थली सेरोफेरो” पुस्तक पढाउदै (भिडियो)

माघ ०९,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले १४ वटै वडाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम पढाउने तयारी गरेको छ ।

शुक्रबार नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्त बुढाथोकीले स्थानीय पाठ्क्रम तयार भएको जानकारी दिएका हुन् । मानवअधिकार संजाल रामेछापले आयोजना गरेको शिक्षाको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-हामी यही शैक्षिक सत्रदेखि लागू हुने गरि कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई आफ्नो नगरपालिकाभित्र रहेका विभिन्न, धार्मिक, संस्कृतिक, ऐतिहासिक, भौगौली, पारम्पारिक,लगाएतका मुख्य स्थानहरुलाई समेटेर “मन्थली सेरोफेरो” नामक पुस्तक तयार पारेका छौं, यो हामी शिक्षक, अभिभावकलाई अहिले जानकारी गराइरहेका छौं, त्यसको बारेका बृस्तृत् छलफल गरिरहेका छौंं, त्यसलगत्तै यो पठनपाठनको लागि हामी लैजानेछौं भने ।

यो पनि पढ्नुहोस्
मन्थली नगरपालिकाले कोरोना बिरुद्धको खोप लगाउनु पर्नेको नामावली पठायो- स्वास्थ्य प्रमुख फुयाँल (भिडियो)

यसरी स्थानीय पाठ्यक्रमले सानैदेखि बालबालिकाहरुलाई आफ्नो नगरभित्रका स्थान, महत्व, विशेषता, जानकारी हुने नगरको विश्वास् छ ।

नगरपालिका विद्यार्थीहरुको संख्यात्कम हिसाबले विद्यालय मर्ज कार्यक्रम समेत भैरहेको उनले बताए । हाल निजी ६ र ६६ वटा सामुदायिक विद्यालय गरि नगरभित्र ७२ वटा विद्यालय संचालनमा रहेको बुढाथोकीले बताए ।

एक विद्यालय एक नर्स कार्यक्रम अन्तरगत नगरभित्रका तीन विद्यालयमा स्वास्यकर्मी ब्यवस्था भैसकेको भन्दै उनले बाँकि विद्यालयमा तत्कालै नर्स पठाउने तयारी नगरले गरिरहेको जानकारी दिए ।

बाँकि भिडियो हेर्नुहोस्,,, च्यानल subscribers गरिदिनु होला ,,,

 

 

फेसबुक प्रतिक्रियाहरु