आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाले कोरोना बिरुद्धको खोप लगाउनु पर्नेको नामावली पठायो- स्वास्थ्य प्रमुख फुयाँल (भिडियो)
रामेछाप बिशेष

मन्थली नगरपालिकाले कोरोना बिरुद्धको खोप लगाउनु पर्नेको नामावली पठायो- स्वास्थ्य प्रमुख फुयाँल (भिडियो)

माघ ०८,
रामेछाप । रामेछापको मन्थली नगरपालिकाका स्वास्थ्य प्रमुख केशव फुयाँलले नगरपालिका भित्रबाट कोरोना खोप लाउनु पर्नेहरुको नामावली केन्द्रमा पठाएको बताएका छन् । कोरोना नियन्त्रण गर्न नगरपालिका सक्षम रहेको उनको भनाई छ ।
मानवअधिकार संजाल रामेछापको आयोजनामा भएको अन्तरक्रिया कार्याक्रमलाई बिहिबार मन्थलीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नगरपालिका भित्रहाल सम्म कोरोनाबाट मानविय क्षति नभएको भन्दै संक्रमित भएकाहरुलाई नगरपालिकाल परीक्ष, उपचार, आइसोलेशनको लगाएत सबै निशुल्क गरेको बताए । उनले बिहिबार मात्रै भारतले पठाएको कोरोना खोप नेपाल आएको सम्बन्धमा सरकारले स्वास्थ्य शाखालाई खोप लगाउनु पर्ने आवश्यक ब्यक्तिहरुको नामावली पठाउन भनेकाले बिहिबार बृद्धबृद्धा, स्वाथ्यकर्मी, कोरोनाको ब्यवस्थापनमा फन्ट्लाईनमा खटिएकाहरुको नामावली पठाएको उनले बताए ।

त्यस्तै उनले नगरपालिकाले स्वास्थ्यको क्षेत्रलाई नागरिक मैत्री बनाउदै लगेको र आगामी दिनमा नगरपालिकाको प्रथामिक स्वास्थ्य केन्द्रबाट भिडियो ए-क्सरे सहितका सेवाहरु आगामी फागुनबाट संचालनको तयारी गरेको बताए । खोप आफूहरुले पठाएको विवरण अनुसार सरकारले पठाउने र पठाए लगत्तै खोप आवश्यकता हेरेर वितरण गर्ने फुयाँलले बताए ।
त्यस्तै नगरपालिकाले महिलाहरुको स्वास्थ्यलाई प्राथामिकतामा राखेर उप-प्रमुख महिला सुत्केरी योजना थप गरेको बताए ।

बाँकि भिडियोमा……।

फेसबुक प्रतिक्रियाहरु