बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पकरवासमा टिफर दुर्घटना : चालक गम्भिर घाइते, मन्थलीमा उपचार हुदै
दुर्घटना/अपराध

पकरवासमा टिफर दुर्घटना : चालक गम्भिर घाइते, मन्थलीमा उपचार हुदै

माघ ०९,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ४ पकरवासको, मटेरिमा टिफर दुर्घटना हुदा एक जना गम्भिर घाइते भएका छन् ।घाइतेको मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचार भैरहेको छ । उनी बेहोस् छन् ।

घाइते हुनेमा सोही टिफरका चालक रहेका छन् । उनीहरुको परिचय खुलेको छैन् । सित्खाबाट खाँडादेवी तर्फ गाइरहेको लोड टिफर ब्रेक फेल भएर दुर्घटनामा परेको दुर्घटनास्थलमा पुगेका राजन रम्तेलले जुनेली न्युजलाई जानकारी दिए । चालक र सहचालक सवार टिफर ५ दिन अघिमात्रै किनर चलाएको बताइएको छ ।

टिफर बिहिबार साँझ ७ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा सहचालक सामान्य घाइते भएका छन् । भने चालकलाई टिफरले च्यापेको थियो । दुईवटा डोजर लाएर  च्यापिएका चालकलाई निकालिएको उनले बताए । टिफर ५ दिन अघिमात्रै संचालनमा ल्याइएकोले टिफरको नम्बर पिलेट नराखिएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु