शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • संसद् पूःनस्थापनाको बिकल्प छैन-पूर्वमन्त्री भट्टराई
रामेछाप बिशेष

संसद् पूःनस्थापनाको बिकल्प छैन-पूर्वमन्त्री भट्टराई

रामेछाप । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टाईले संसद् पूःनस्थापनाको बिकल्प नभएको बताएका छन् ।
आइतबार सदरमुकाम समेत रहेको मन्थलीमा नेपाल प्रेस संगठन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ह्ठात् र रिस उठेको बेलामा संसद् बिघटन गरेको भन्दै यसको बिकल्प नभएको बताए । उनले भने– प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् बिघटन गरिएको छ, यो निर्णय प्रतिक्रान्तिकारी छ, अलोकतान्त्रीक, असंबैधानीक छ, नेपाली राजनीतिले प्राप्त गरेका अधिकार, उपलब्धिहरुलाई समाप्त पार्न खाल्को छ, संविधानलाई यसलाई क्षेतबिच्छेद्ध पारेको छ, म”ल’कलाई अस्तिरता तिरलाने छ, भने ।
एक पछि अर्को सरकार बन्न सक्ने सम्भावना हुदाहुदै आबेगमा आएर गरिएको कदमले राज्यलाई अस्थिरता तर्फ धकेलेको जिकिर गरे । प्रधानमन्त्रीको यो कदमले बैदेशीक शक्तिहरुले चलखेल गर्ने ठाउँ पाएको र राष्ट्रियतानै कमजोर भएको दाबी गरे । संसद बिगटनको अधिकार नदिएको तर्क गर्दै आफूहरुले यसको बिरोध गरिरहेको र संसद् पुःनस्थापना नहुनजेल गरिरहने बताए ।

फेसबुक प्रतिक्रियाहरु