शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • रामेछापमा नेपाल टेलिकमका प्रमुखको लाचारी १ गतेको छुट्टिलिए जिल्ला बाहिर मस्ति : जिल्ला सेवामा अस्तब्यस्त (भिडियो)
रामेछाप बिशेष

रामेछापमा नेपाल टेलिकमका प्रमुखको लाचारी १ गतेको छुट्टिलिए जिल्ला बाहिर मस्ति : जिल्ला सेवामा अस्तब्यस्त (भिडियो)

माघ ०६,

रामेछाप । नेपाल टेलिकम रामेछापले दिदै आएको सेवामहरु ग्रहक मैत्रि नभएको भन्दै नेपाल नागरिक समूह रामेछापसहित पत्रकारहरुको टोलीले ज्ञापन पत्र बुझाएको  छ । जिल्लामा आइतबारदेखि नेपाल टेलिकमको ईन्टरनेत सेवा छैन भने टेलिफोनमा समस्या रहेको छ । टेलिकमले आइतबार करिब मध्ययनको १२ बजेपछि सिन्धुपाल्चोक जिल्लाको दोलान्घाटा भन्ने ठाउँमा फाइबार चुडिएको भन्दै सेवामा समस्या हुदै आएको बताएको छ ।

यस्तो समस्या जिल्लामा विगत लामो समयदेखि हुदै आएको छ । भने करिब ६ महिनाको समयमा ४/५ पटक फाइबर चुटिएको नाममा जिल्लाबासी समस्या खेप्दै आएका छन् । यसले जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालय, ब्यवसायी, जिल्लाबाट संचालित रेडियोहरु, विशेष प्रवाभित हुदै आएका छन् । पटक-पकट एउटै समस्या किन हुने गरेको र यसको कारण के हो ? भन्दै पत्रकार महासंघ रामेछापको नेत्रृत्वमा ज्ञापन पत्रसहित पुगेको नागरिक समाजको टोलीले टेलिकमा पुग्दा कार्यालयका प्रमुख बिष्णु प्रसाद भण्डारी कार्यालयमा बिना जानकारी मस्त छुट्टिमा जिल्ला बाहिर बसेको पाइएको छ । उनी गत माघ १ गते संग्राती मनाउनका लागि भनेर काठमाडौं गएको कार्यालयका सूचना अधिकारी बिजय श्रेष्ठले बताए । उनी कार्यालयमा निमित प्रमुखको जिम्मेवारी समेत कसैलाई नदिई जिल्लामा ईन्टरनेट, टेलिफोन सेवा ठप्प हुँदा बेपत्ता भएका हुन् । प्रमुख नहुँदा निमितलाई गुनासो, समस्यालगाएतका राख्नु पर्ने भएपनि भण्डारीले निमितको जिम्मेवारी नै कसैलाई नदिएकाले पत्रकारसहित पुगेको टोलीले ज्ञापन पत्र बुझान समेत केही बेर अन्यौल सृजना भएको थियो ।

भिडियो हेर्नुहोस्

केही बेरको छलफलपछि कार्यालयका शिनियर कर्मचारी महेश मुखियाले आफू निमित् भएको दाबी गरेपछि उनले ज्ञापन पत्र बुझेका छन् । उनले समस्या समाधान् गर्न प्राविधिक टोली त्यस्तर्फ खटिएको बताए । साथै उनले टेलिकम दिर्घकालिन समस्या समाधान गर्न लागि परेकाले आगामी दिनमा यस्तो समस्या नआउने समेत दाबी गरे । उनले नागरिक समूहको टेलिकमले किन गम्भिरताका साथ काम गरेन, यती समयसम्मा प्राविधक समस्या हुन्छ भनेर एक सूचना समेत  किन दिन सकेन ? भनेर भन्दा अन्य ईन्टरनेट सेवा पनि छन् । ती पनि प्रयोग गर्नु होला भनेर गैर जिम्मेवारी अभिब्यक्ति दिए ।

कार्यालयका सूचना अधिकारी श्रेष्ठले पनि नागरिक समूहको चित्त बुझ्दो जवाफ् दिन सकेनन् । उनले प्राविधिक काम भैरहेको र समस्या समाधान हुने तर्क गरे ।

इन्टरनेट सोमबार रातिबाट सुचारु भएको छ ।

यस अघिका घटना यस्ता

कार्यालय प्रमुख बिष्णु भण्डारी लामो समयदेखि जिल्लाको कार्यालय प्रमुखको रुपमा काम गर्दै आएको भएपनि उनले सेवाग्राहीहरुलाई झुटो बोलेरै आरामको निद्रा निदाउने गरेका छन् । यती सम्मकी उनी कार्यालयको कुर्सीमै पटक-पटक निदाएको अवस्थामा भेटिएको सेवाग्राहीहरुले बताए । उनी कार्यालय कक्षमै मस्त निद्रामा सुत्ने, सेवाग्राही पुगे काम भैहाल्यो, केही बेरमा हुन्छ, ठूलै समस्या भए २ देखि ३ महिनामा काम सम्पन्न भैहाल्छ भनेर भुलाउने गरेको उपस्थित सेवाग्राही तथा नागरिक समूहले बतायो । धेरै जसोत उनी कार्यालनै आउदैनन् । जिल्ला बाहिर बाहिरै रहने गरेको उपस्थित एक ब्यवसायीले बताए । उनले नयाँ ल्यानलाईन् फोन बिगत एक वर्षभन्दा धेरै समयदेखि वितरणै गरेका छैन् । उनी मिल्दैन भन्छन्, जाने-बुझेका पैसावाल गए तपाई चै मिलाउन सक्छु अरुलाई मिल्दैन जस्ता गफमा भुलाउने गरेका छन् । यसले उनको नियतै प्रश्न उठाएको छ ।

फेसबुक प्रतिक्रियाहरु