शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • उमाकुण्डको गाउँपालिका केन्द्रमै कांग्रेसको शक्ति प्रर्दशन (तस्बिरमा)
रामेछाप बिशेष

उमाकुण्डको गाउँपालिका केन्द्रमै कांग्रेसको शक्ति प्रर्दशन (तस्बिरमा)

माघ ०३,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाली कांग्रेसले संसद् बिघटनको बिरोधमा पालिकाको केन्द्र प्रितीमा शक्ति प्रर्दशन गरेको छ ।

शनिबार कांग्रेसले ७५३ स्थानीय तहमै गरेको प्रर्दशन अन्तर्गत उमाकुण्डमा पनि पर्दशन गरेको नेपाल तरुण दल गाउँपालिकाका सचिक उपेन्द्र कार्कीले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेसका जिल्ला सचिव बिष्णु बस्नेतको प्रमुख आतिथेतामा भएको बिरोध सभामा पालिकाका नेपाली कांग्रेससहित भातृ संघसंस्थाहरुको संयुक्त उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नदिएको अधिकार प्रयोग गर्दै संसद् बिघटन गरेको र संसद् पुःन स्थापन गर्नु पर्ने माग सहित प्रर्दशन गरेका थिए ।

उनीहरुले संसद् पुःन स्थापना नहुन जेल कांग्रेस सडकमा सशक्त आन्दोलन गरि रहने बताएका हुन् । सचिव बस्नेतले ओलीले संविधान बिघटन गर्नु असंबैधानिक आलोकतान्त्रिक, भएको बताए । उनले दुई दिहाई बलको दाबीमा मैले जे गरे पनि हुन्छ भने ओलीमा घमण्ड चडेकाले संसद्माथी कू गरेको जिकिर गरे ।

तस्बिर हेर्नहुहोस्

No description available.

No description available.

No description available.No description available.

फेसबुक प्रतिक्रियाहरु