शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • चिरन्जीवी डेरीले भव्यताका साथ मनायो आफ्नो दशौं वार्षिकउत्सव (भिडियो/फोटोसहित)
रामेछाप बिशेष

चिरन्जीवी डेरीले भव्यताका साथ मनायो आफ्नो दशौं वार्षिकउत्सव (भिडियो/फोटोसहित)

माघ ०४,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १ मन्थली बजारमा संचालित चिरन्जीवी डेरीले आफ्नो दशौं वार्षिकोत्सव मनाएको छ ।

शनिबार मन्थलीको जिएस होटलमा एक भव्य कार्यक्रमको आयोजना गरि डेरीले आफ्नो स्थापना दिवस मनाएको हो । मन्थली बजारमा संचालित डेरी जिल्लाकै सबै भन्दा बढी दुधजन्य पर्दाथ उत्पादन तथा बिक्री गर्दै आएको छ ।

वि.सं. २०६७ साल माघ ४ गते स्थापना भएको डेरीले रामेछापका स्थानीय कृषकहरुको दुध संकलन र प्रशोधन गर्दै आएको छ । अहिले अत्याधुनिक मेशिनरी उपकरणको जडान गरी उद्योगको रुप लिइसकेको उक्त डेरीमा दूग्धजन्य परिकार तथा सामाग्रीहरु उपलब्ध छ । डेरीसँग १६५ जना कृषकहरु आबद्ध रहेका छन् । दैनिक १ हजार पाँच सय लिटर दूध खपत गर्दै आएको डेरीले वार्षिक रुपमा करिब २ करोड बराबरको आर्थिक कारोबार गर्ने गरेको डेरीका संचालक भानु श्रेष्ठले बताए । डेरीले जिल्लाका मन्थलीसहित लिखु तामाकोशी र गोकुलगंगा गाउँपालिका, रामेछाप नगरपालिका लगाएत अन्य जिल्लाहरुमा समेत आफ्नो उत्पादन बिक्री तथा वितरण गर्दै आइरहेको छ ।

चिसोमा लस्सिदेखि, घूउ, दैही, मही, दूध, कफी, मिठाईका परिकारहरु उत्पादन गरि ग्राहकलाई सन्तुष्टि प्रदान गर्दै आएको डेरी जिल्लामा आफ्नो नाम चर्चा कमाउन सफल भएको छ ।

भब्य कार्यक्रममा डेरीसंग सम्बन्धित दुध उत्पादक किसान, ब्यापारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापका ओली र प्रचण्ड-नेपाल पक्षका प्रमुख तथा प्रतिनिधि, नेपाली कांग्रेसका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवि, शिक्षक, अभिभावक, पत्रकार, संचारकर्मी, बालबालिका लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बोल्ने बक्ताहरुले डेरीले निजी क्षेत्रबाट जिल्लाकै नमुनाको रुपमा काम गरेको भन्दै आगामी दिनाम यसको क्षेत्र बढाउदै डेरीले गरेको कामबाट स्थानीय निकायले केही सिक्नु पर्ने बताएका थिए । साथै डेरीको उज्वल भविष्यको कामना गरेका थिए ।

भिडियो हेर्नहोस्

https://www.facebook.com/watch/?v=456999858802259

No description available.

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु