शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछापमा भोली ठाउँ-ठाउँमा कांग्रेसको प्रर्दशन : तयारी यस्तो छ ?
रामेछाप बिशेष

रामेछापमा भोली ठाउँ-ठाउँमा कांग्रेसको प्रर्दशन : तयारी यस्तो छ ?

माघ ०२,

रामेछाप । रामेछापमा भोली (शनिबार) कांग्रेसले ठाउँ-ठाँउमा प्रर्दशन गर्ने भएको छ ।

देशब्यपी रुपमा एकैसाथ हुन लागेको प्रर्दशनमा शनिबार रामेछाप कांग्रेसले आठ वटै स्थानीय तहमा प्रर्दशनको तयारी अन्तिम चरणमा पुगेको रामेछाप कांग्रेसे जनाएको छ । संसद् बिघटनको बिरोधमा कांग्रेसले भोली ७ सय ५३ निर्वाचन क्षेत्रमा प्रर्दशन गर्दैछ ।

रामेछापमा पनि कांग्रेसले लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोबी बजारमा बिहान १०.३० बजे प्रर्दशनको तयारी गरिएको प्रदेश क का सभा निरोज खड्काले जानकारी दिए ।

त्यस्तै खाँडादेवीमा तयारी अन्तिम चरणमा पुगेको खाँडादेवी गाउँपालिका कांग्रेसले जनाएको छ ।

त्यस्तै मन्थलीमा बिहान गरिने प्रर्दशनको तयारी सकिएको मन्थली नगर कार्यसमितिले जनाएको छ ।

त्यस्तै सुनापति गाउँपालिकामा पनि शक्ति प्रर्दशनको तयारी गरेिएको छ ।

उमाकुण्ड र गोकुल गंगा गाउँपालिका केन्द्रसहित विभिन्न ठाउँमा शक्ति प्रर्दशनको तयारी गरिएको सम्बन्धित निकायले जनाएको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु