शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • आइतबार खाँडादेवीमा ओली समूहको गाउँ कमिटी भेला : कैलाश ढुङ्गेलले सम्बोधन गर्ने
समाचार

आइतबार खाँडादेवीमा ओली समूहको गाउँ कमिटी भेला : कैलाश ढुङ्गेलले सम्बोधन गर्ने

माघ ०२,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापको खाँडादेवी गाउँ कमिटीले आइतबार गाउँ कमिटी भेला आयोजना गरेको छ ।

भेलालाई ओली समूहका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रशिक्षण दिने कार्यक्रम आयोजना गरेको ओली समूह खाँडादेवी गाउँ कमिटी रामेछापले जनाएको छ ।

समूहले पालिकाको घ्याङ्सिंङ्गडाँडामा बिहान १० बजे कार्यक्रम हुने जनाएको छ ।

ओली समूहको भेला खाँडादेवीमा

ओली समूह रामेछापले जिल्लाका आठ वटा स्थानीय तहको इन्चार्ज तोक्यो

ओली समूह रामेछापले जिल्लाका आठ वटा स्थानीय तहको इन्चार्ज तोकिएका छन् ।

जसमा उमाकुण्ड गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय सदस्य कैलाश ढुंगेल, गोकुलगंगा गाउँपालिकाको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य गीता कार्की, लिखु तामाकोसी गाउँपालिकाको इन्चार्जमा केन्द्रीय सदस्य माधव ढुंगेल, रामेछाप नगर कमिटीको इन्चार्जमा राजकुमार श्रेष्ठ, मन्थली नगर कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य माया कार्की, खाँडादेवी गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, सुनापती गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य भुवन घिमिरे र दोरम्बा गाउँ कमिटीको इन्चार्जमा केन्द्रीय महाधिवेशन का सदस्य तुला प्रसाद कँडेल चयन भएको केन्द्रीय सदस्य कमल चौलागाईलाई जिम्मेवारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु