बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • भोली कांग्रेसले ७५३ स्थानीय तहमा बिरोध गर्ने : सहभागी हुन देउवाको अपिल
समाचार

भोली कांग्रेसले ७५३ स्थानीय तहमा बिरोध गर्ने : सहभागी हुन देउवाको अपिल

माघ ०२,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक कदम विरुद्ध भोली (शनिबार) हुन लागेको प्रर्दशनमा सहभागी बन्न अपील गरेका छन् ।

शुक्रबार एक अपिल जारी गर्दै देउवाले प्रतिनिधिसभा विघटनको बिरुद्ध प्रर्दशन गर्न लागको भन्दै सक्रिय सहभाहिता जनाउन आह्वन गरेका हुन् । कांग्रेसले यसअघि पनि पटक पटक देशव्यापी प्रदर्शन गरिरहेको छ । यसै गरि भोलि माघ ३ गते ७५३ स्थानीय तहमा बिरोध गर्न लागेको कांग्रेसले जनाएको छ । यसअघि गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन  गरिसकेको छ ।

कांग्रेसले संसद विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको उल्लेख गरेको छ ।

अपिल पत्र

Image may contain: text

फेसबुक प्रतिक्रियाहरु