शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आइतबार रामेछापमा प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटी भेला : योगेश भट्टराईले सम्बोधन गर्ने,
रामेछाप बिशेष

आइतबार रामेछापमा प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटी भेला : योगेश भट्टराईले सम्बोधन गर्ने,

माघ ०२,

रामेछाप ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सद्स्य तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई रामेछाप आउने भएका छन् ।

आइतबार जिल्लामा प्रचण्ड-नेपाल समूहको कार्यकता भेलालाई सम्बोधन गर्न उनी जिल्ला आउने भएको नेकपा प्रचण्ड-नेपाल समूह रामेछापले जानकारी दिएको छ ।

यस अघि ओली समूले नेकपा सचिवालय सदस्य एवं उप-प्रधामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा जिल्ला कमिटी भेला तथा तेस्रो पूर्ण बैठक बसेको थियो ।

प्रचण्ड- नेपाल समूहले पार्टी फूटेपछि पहिलो पटक केन्द्रीय प्रतिनिधिबाट प्रशिक्षण दिन लागेको हो । भेला बिहान ११ बजे मन्थलीमा आयोजना गरेको नेकपा रामेछापले जानकारी दिएको छ ।

प्रचण्ड-नेपाल समूहको भेला

 

फेसबुक प्रतिक्रियाहरु