शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • रामेछापमा पनि २३ औं भुकम्प दिवस मनाईयो (फोटो)
रामेछाप बिशेष

रामेछापमा पनि २३ औं भुकम्प दिवस मनाईयो (फोटो)

माघ ०२,

रामेछाप । रामेछापमा पनि २३ औं भुकम्प दिवस मनाईएको छ । शुक्रबार देशब्यापी रुपमा राष्ट्रिय भुकम्प दिवस मनाईदै छ ।

बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नारासहित बिहाना सदरमुकाम मन्थलीमा र्याली शान्ति पूर्ण र्याली निकालिएको थियो । जिल्ला प्रशासन कार्यालय रामेछापकोसहित विभिन्न संघस्थाको आयोजनामा र्याली निकालिएको थियो ।

स्थानीय ब्यापार ब्यबसायी, बुद्धजिवी, कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि सम्मेलित र्यालीले मन्थली बजार परिक्रमा गरेएको थियो । जनचेतना मूलक प्लेकार्डहरु प्रर्दशन गरेका थिए ।

भुकम्पबाट प्रकृतिक बिपत्ति भएको भन्दै यसबाट बच्न सहकार्यको आवश्यक्ता पर्ने भएको कोणसभामा परिणत र्यालीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताए । उनले सबैजना नागरिकहरु प्राकृतिक बिपत्तिबाट सुरक्षित हुन सचेत हुनु पर्ने बताए । उनले दिवसमा सबै क्षेत्र र वर्गको चासो भएर सहभागि हुनपर्ने भन्दै यस अघि भुक्म्प सँग सम्बन्धीत भएका निर्णयहरुको कार्यान्वयनको अबस्था र पुनः निर्माणमा भएका प्रगतिहरुको वारेमा समिक्षा हुनुपर्ने कुरालाई जोड दिए ।

पछिल्लो समयमा २०७२ साल वैशाख १२ र १३ गते बिनासकारी भुकम्प भएको भएपनि नेपाल सरकारले हरेक वर्षको माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउदै आइरहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

फोटो : पत्रकार ज्ञानु श्रेष्ठ

फेसबुक प्रतिक्रियाहरु