शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नगरप्रमुख बस्नेतको भनाई प्रति प्रेस युनियन रामेछापको आपत्ति (विज्ञप्ति)
रामेछाप बिशेष

नगरप्रमुख बस्नेतको भनाई प्रति प्रेस युनियन रामेछापको आपत्ति (विज्ञप्ति)

माघ ०१,

रामेछाप । नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापले, पनि मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको भनाई प्रति आपत्ति जनाएको छ ।

बिहिबार प्रेस बिज्ञप्ति जारी गर्दै नगरप्रमुख बस्नेतले आठौं नगरसभामा बोल्दै पत्रकारहरु खान र लिन पाउने भए लाईन लागेर आउथे, अन्यथा कार्यक्रममा किन आउथे ? भन्दै तल्लो स्तरको सम्बोधन गरेका थिए । सो कार्यक्रममा नगरपालिकालेनै पत्रकारहरुलाई खबर गरेको थिएन र पत्रकारहरु कार्यक्रममा गएका थिएनन् ।

नगरप्रमुख बस्नेतको कुराले समग्र पत्रकार र पत्रकारीता पेशा प्रति अपमान गरेको ठहर गरेको भन्दै युनियनले आपत्ति जनाएको हो ।

यसअघि पनि पत्रकार महासंघ रामेछाप, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकारसंघ नेपाल, क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे),सञ्चारिका समुह रामेछाप र रिपोर्टस क्लब नेपालले संयुक्त विज्ञप्ति निकालेर आपत्ति जनाएका थिए ।

विज्ञप्ति हेर्नुहोस्

No description available.

फेसबुक प्रतिक्रियाहरु