सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • नगरप्रमुख बस्नेको पत्रकारमाथी आक्रोश : खान र लिन पाउने भए लाईन लागेर आउथे, नगरसभामा किन आउथे !
समाचार

नगरप्रमुख बस्नेको पत्रकारमाथी आक्रोश : खान र लिन पाउने भए लाईन लागेर आउथे, नगरसभामा किन आउथे !

माघ १,

रामेछाप । नेपाल पत्रकार महासंघ लगायतका रामेछापका पत्रकारहरुका विभिन्न संघ संगठनहरुले मन्थली नगरपाालिकामा लाईन लागेर खान र पैसा लिन जाने पत्रकारहरुको नाम सार्वजनिक गर्न नगरपालिका प्रमुख रमेश कुमार बस्नेतलाई चुनैती दिएका छन् ।

गत पुस २८ गते मंगलबार मन्थली नगरपालिकाको आठौं नगर सभामा नगर प्रमुख वस्नेतले आफ्ना धाराणा राख्ने क्रममा नगर सभामा पत्रकारहरुको अनुपस्थितिको विषयलाई लिएर व्यक्त असान्र्धभिक, अनैतिक र अशोभनिय सार्वजनिक भनाई प्रति ध्यानाकर्षण भएको जनाउदै पत्रकार महासंघ लगायतका पत्रकारहरुका संघसंगठनहरुले यस्तो चुनौती दिएका हुन् ।

विहीबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकारसंघ नेपाल, क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे),सञ्चारिका समुह रामेछाप र रिपोर्टस क्लब नेपालले संयुक्त रुपमा विज्ञप्ति निकालेर नगरप्रमुख बस्नेतलाई यस्तो चुनाौती दिएक हुन् ।

यो पनि पढ्नुहोस्
यस्तो देखियो मन्थली नगरपालिकाको आठौं नगरसभा (फोटोहरु)
मन्थलीन नगरपालिकाको आठौं नगर सभा सम्पन्न : के-के भयो (पूर्ण)
मन्थली नगरपालिकाले सडक बत्ति राख्दै छ, बिटार पार्कलाई सुन्दर पारिन्छ-प्रमुख बस्नेत

त्यसैगरी पत्रकार महासंघ रामेछापले पनि आफ्नो छुट्टै विज्ञप्ति निकालेर नगरप्रमुखको असान्र्धभिक, अनैतिक र अशोभनिय सार्वजनिक भनाईको घोर भत्र्सना गरेको छ ।

पत्रकार महासंघ र ६ वटा पत्रकारका संघसंगठनहरुले जारी गरेको विज्ञप्तिमा “नगर प्रमुख बस्नेतले नगरसभाको कार्यक्रममा बोल्दै पत्रकारहरुलाई खान र लिन पाउने भए लाईन लागेर आउथे, अन्यथा कार्यक्रममा किन आउथे ? भन्दै तल्लो स्तरको उपमा दिएको कुराले समग्र पत्रकार र पत्रकारीता पेशा प्रति अपमान गरेको ठहर छ भनिएको छ ।”

विज्ञप्तिमा जिल्लामा पत्रकारिता गरिरहेका कुनैपनि व्यक्ति लाईन लागेर पैसा लिन या खान मन्थली नगरपालिकामा नगएको स्पष्ट पार्दै यदि कोहि पत्रकार खान र लिनका लागि नगरपालिकामा गएको भए तीनका नाम सार्वजनिक गर्न चुनौति दिन चाहन्छौं भनिएको छ।

नगर सभामा पत्रकारहरुलाई नबोलाउने तर लाजै नमानी आएनन् भनेर आफ्नो हैसियत र सार्वजनिक पदको गरिमा लाई समेत विर्सेर पत्रकार र पत्रकारिता पेशा प्रति अपमान गर्ने नगर प्रमुखको उक्त भनाई प्रति घोर भत्र्सना गर्दछौं विज्ञप्ति मार्फत भनेका छन्।

पत्रकारहरु पेशागत मर्यादा र तोकिएको आचारसंहिता बमोजिम आफ्नो धर्म निर्वाह गर्ने कुरामा सदैब सचेत र सतर्क छन् । कुनै पनि राजनीतिक दल या जनप्रतिनिधिलाई आँच पुग्ने गरी यस अघि कुनै कार्य नगरेको हाम्रो दावि छ , पेशागत मर्यादामा रही कलम चलाउने पत्रकारहरुलाई जे मनमा लाग्छ त्यहि बोल्ने र तल्लो स्तरमा झरेर गालीगलौज गर्ने अधिकार जनप्रतिनिधी लगाएत कोहि कसैलाई नभएको कुरा समेत स्मरण गराउन चाहन्छौं जारी दुवै विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति 

No photo description available.

 

फेसबुक प्रतिक्रियाहरु