शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाले सडक बत्ति राख्दै छ, बिटार पार्कलाई सुन्दर पारिन्छ-प्रमुख बस्नेत
रामेछाप बिशेष

मन्थली नगरपालिकाले सडक बत्ति राख्दै छ, बिटार पार्कलाई सुन्दर पारिन्छ-प्रमुख बस्नेत

पुष २६,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाले सडक बत्ति लगाउने काम सुरु गर्न लागेको बताएका छन् । बिटार पार्कको सौन्दर्यलाई बढ्वदिन २ वटा सडक बत्ति लगाउने उनको प्रतिबद्धता छ ।

शनिबार बिहान बिटार पार्कमा मिनी धरहरा र सेल्फी टावर  उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने-“रामेछाप सहयोगी मन (रासम) ले पार्क निर्माण गरेर उदाहारणीय काम गरेको छ, यसमा म योटिमलाई धन्वाद् दिन्छु, हामीले पनि नगरपालिकाको सौन्दर्यलाई ध्यानमा राख्दै सडक बत्ति राख्ने वृस्तित योजनासहित काम गर्न लागेका छौं, हामी नगभित्रका विभिन्न ठाउँमा रातको समय पनि सडकमा उज्यालो र सहरी सौन्दर्यलाई विशेषध्यान दिएका छौं, सबै ठाउँको अध्ययन गर्ने काम चलिरहेको छ । ती ठाउँहरुमा सडक बत्ति राख्ने छौं भने ।”

पार्कलाई मन्थली र रामेछाप नगरपालिकाले थप सौन्दर्यकरण गरि पर्यटकहरुको केन्द्रको रुपमा विकास् गर्नु पर्नेमा जोड्दिए ।

पार्कले दुई नगरलाई पुलको रुपमा जोड्ने काम गरेको भन्दै प्रमुख बस्नेतले यसको संरक्षण र प्रवर्दन दुवैले मिलेर गर्नू प्रर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु