शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बिटार पार्कमा हसयोगी दाताहरुले बनाएको सेल्फी टावर र मिनी धरहरा रासमलाई हस्तान्तरण (फोटोफिचर)
रामेछाप बिशेष

बिटार पार्कमा हसयोगी दाताहरुले बनाएको सेल्फी टावर र मिनी धरहरा रासमलाई हस्तान्तरण (फोटोफिचर)

पुष २५,

रामेछाप । बिटार पार्कमा दातहारुको सहयोगमा निर्माण गरिएको धरहारको नमुना (मिनि धरहरा) रामेछाप सहयोगी मन (रासम) लाई हस्तान्तरण गरिएको छ । शनिबार पार्कमा रासमले एक औपचारी कार्याक्रमको आयोजना गरि दाताहरुको सहयोगमा निर्माण सम्पन्न गरिएको धरहार र सेल्फी टावरको सम्बन्धित निकायलाई चाबी हस्तान्तरण गरिएको हो ।

गत चैत्र महिनामा विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले जारी गरेको लकडाउनामा जिल्लाका जुझारु युवाहरुको समूहले बन्दाबन्दीको समयलाई सदुपयोग गरि ढुङ्गाबाट विभिन्न आकृती तयार पारी उजारठाउँलाई मानिसहरुको केन्द्रमा पार्न सफल भएको हो । उनीहरुले सामूहीक रुपमा काम गरि पार्क तयारप पारेका हुन् । सदरमुकाम मन्थलीबाट नजिकै रहेको रामेछाप नगरपालिकाको वडा नं ८ मा पार्क निर्माण गरिएको हो । उनीहरुको मेहनतले निर्माण गरेपश्चात बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले पहिलो पटक उद्घाटन गरेको पार्क पछिल्लो पटक पार्को सौन्दर्याता र पर्यटकहरुको मागलाई लक्षित गरि नेपाली कांग्रेसका नेता भरत चौलागाईले सेल्फी टावार र नेशनल ब्रिडिङ् फार्म प्रा.लिले धरहराको नमुना बनाएर हस्तान्तरण गरेका हुन् ।

शनिबार पार्कमै भएको जिल्लाको रामेछापको रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर, मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, नेपाली कांग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र खड्का, नेता तथा सहयोगी भरत चौलागाई कांग्रेसका अन्य नेताहरु, वडा अध्यक्षहरु, ब्यापारी, बुद्धीजिवी, पत्रकार, संचारकर्मीलगाएतको उपस्थितिमा निर्माण सम्पन्न गरेको धरहरा रासमको पार्क संरक्षण टिमलाई हस्तान्तरण गरिएको हो ।

पार्क सहस्तान्तरण सभालाई सम्बोधन गर्दै बक्ताहरुले पार्कलाई पर्यटकहरुको केन्द्रको रुपमा विकसित् गर्न सक्नुपर्नेमा जोड्दिएका थिए । साथै रासमको टिमलाई नमुना काम गरेको भन्दै धन्वाद् दिदै आगामी दिनमा पनि यस्तै काम गर्न आग्रह गरेका छन् ।

No description available.

No description available.

No description available.

No description available.No description available.No description available.No description available.No description available.

फोटो मिलन घिमिरे/जुनेली न्युज

फेसबुक प्रतिक्रियाहरु