बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बार्सिलोनाको शानदार जित, रियल मड्रिड बराबरीमा रोकियो
समाचार

बार्सिलोनाको शानदार जित, रियल मड्रिड बराबरीमा रोकियो

पुष २६

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ। गएाति भएको खेलमा बार्सिलोनाले ग्रानडालाई ४-० गोल अन्तरले पराजित गरको हो।

बार्सिलोनाको जितमा लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले २(२ गोल गरे। खेलको ७२औ मिनेटमा ग्रानडाका जिसस भालेजोले रातोकार्ड पाएर मैदान छोड्दा ग्रानडा १० खेलाडीमा सिमित भएको थियो। यस खेलमा दुई गोल गरेसँगै मेसीले यो सिजनमा ११ गोल गरेका छन्। साथै मेसी ला लिगामा लगातार १५ सिजनसम्म १० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

यो जितपछि बार्सिलोना ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाको १८ खेलमा ३४ अंक भएको छ भने शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडभन्दा ४ अंकले पछाडी छ तर एटलेटिकोले ३ खेल कम खेलेको छ। त्यस्तै ग्रानडाको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ।

यस्तै गएराति नै भएको अर्को खेलमा रियल मड्रिडलाई ओसाउनाले गोलरहित बराबरीमा रोकेको छ भने सेभिल्लाले रियल सोडिडाडलाई ३-२ ले हरायो।

फेसबुक प्रतिक्रियाहरु