बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुकाजोरमा ४ करोड लागतमा कबर्ड हल भन्दै : यस्यो बन्नेछ हल ! (फोटोफिचर)
समाचार

सुकाजोरमा ४ करोड लागतमा कबर्ड हल भन्दै : यस्यो बन्नेछ हल ! (फोटोफिचर)

पुष २५,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा ४ करोडको लागतमा कबर्ड हल निर्माण हुनेभएको छ ।

आइतबार नगरप्रुख नरबहादुर थापामगरले सुकाजोरमा बन्न लागेको कबर्ड हलको एक कार्यक्रमकाबीच शिलन्यास् गरेका हुन् । भ्याटबाहेक ३ करोड ९९ लाखमा निर्माण हुन लागेको कबर्ड हलमा हलभित्रै भलिबल, खेल्न मिल्ने बताइएको छ । त्यस्तै महिला र पुरुषको छुट्टाछुटै शौचालय, कार्यक्रमको लागि स्टेजको पनि ब्यवस्था हुने रामेछाप नगरपालिकाले जनाएको छ ।

शिलन्या कार्याक्रममा बोल्दै नगरप्रमुख थापामगरले नगरपालिकाले रनीतिक योजनाअनुसार विकास निर्माणका काम भैरहेको बताउदै रणनीतिक काम अन्तर्गतनै सुकाजोरमा कबर्ड हल निर्माणको लागि काम अघि बढेकोमा खुसी ब्यक्त गरे । उनले नगरपालिकाका सबै वडामा भूगोलको समस्याले ठूला योजना अन्तर्गत काम गर्न समस्या भएको भन्दै भूगोलले साथ दिएको ठाउँमा ठाउँअनुसारको विकास निर्माण गरिने बताए । उनले सबैको सहयोगबाटनै विकास निर्माणको कामले गति लिने बताए । उनले भालुखोप डाँडा भियूटावर, सडक कोलोञ्जोर सडक पुष्पलाल मार्ग बनिरहेको भन्दै विकास निर्माणमा नगरपालिका एक भएर लागि परेको बताए । आर्थिक पक्षमा उनले सधैव सहयोग गर्ने प्रतिबद्ध जनाए ।

त्यस्तै उप-प्रमुख सिर्जना खड्काले आफूहरु निर्वाचित भएदेखिकै योजना अनुसार गौरव गर्न लायक संरचना अन्तर्गत कर्बड हल निर्माणको शिलन्यास गर्न सफल भएको बताइन् । उनले नागरिकहरुको आर्थिक बृद्धिदर गर्न सक्ने उदेश्यले विभिन्न काम गरेको भन्दै सबैले सहयोग गरे, सबैले आफ्नो दायित्वबाट नपन्छिए विकास निर्माणका कामले गति लिने बताइन् । त्यस्तै उनले वडामा भएका विकासहरुमा एक ब्यक्तिले गरेको भनेर प्रचार गर्ने गरेको पाइएको भन्दै त्यस्तो नभै विकास सबैको पहल र नगरपालिकाको समन्वय र सहयोगमा हुने गरेको तर्फ ध्यानाकर्ण गराइन् ।

त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपानेले नगरपालिकाले विकास निर्माणका काम अन्तर्गत हल निर्माण गर्नलागेको बताए । हल बने खेल क्षेत्रलाई थप सहयोग पुग्ने भन्दै नगरलाई बधाई दिदै बन्न लागेको संरचना पक्की, दिगो र गुणस्तरिय बन्नु पर्नेमा जोड्दिए । निर्माणाधिन हल भनेकै समयमा सम्पन्न गर्न आग्रह गरे । आफ्नो पार्टीले आगामी दिनमा पनि विकास निर्माणका काममा सबैलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै वडा अध्यक्ष समिर कार्कीले आफ्नो वडामा बन्न लागेको हल वडाको गौरवको योजना भएको भन्दै समयमै सम्पन्न भए आफुहरुले यसको भोचलन आफ्नै कार्याकालमा गर्ने इच्छ्या ब्यक्त गरे । निर्माण सम्पन्न भएर संचालनमा आए नागरिकहरुले आफूहरुले गरेको काम ब्यवहारमा देख्न पाउने बताए ।

हल आगामी ७९ साल असर मसान्त सम्मामा निर्माण सम्पन्न गर्ने गरि सुनकोशी निर्माण ब्यवसायीले ठैक्का लिएको छ ।

Image may contain: 7 people, people standing, outdoor and nature

Image may contain: 7 people, people standing, sky, outdoor and nature

Image may contain: text that says 'रामे्छाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार वडा नं. सुकाजोर बागमती प्रदेश, नेपाल कवर्ड हल शिलान्यास कार्यक्रम प्रमुख अतिथि: श्री नर बहादुर थापा मगर नगर प्रमुख, रामेद्ाप न.पा. मिति: २०७७/०९/२६ गते, आईतवार आयोजक सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लि. 2021.01.10 12:15'

Image may contain: 5 people, people standing, sky, outdoor and nature

Image may contain: 7 people, people standing, sky, mountain, outdoor and nature

Image may contain: 7 people, people standing, mountain, sky, outdoor and natureImage may contain: 1 person, standing, sky, outdoor and closeupImage may contain: 1 person, standing, outdoor and nature

No description available.

यस्तो बन्ने छ हल

No description available.No description available.No description available.No description available.

फोटो मिलन घिमिरे/जुनेली न्युज् 

फेसबुक प्रतिक्रियाहरु