सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • सबै नागरिकले दैनिक योग गर्नु स्वास्थ्यको लागि फाइदा-प्रजिअ शर्मा
रामेछाप बिशेष

सबै नागरिकले दैनिक योग गर्नु स्वास्थ्यको लागि फाइदा-प्रजिअ शर्मा

माघ ०१,

रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुन कुमार शर्माले योगको सबैले समय मिलायर दैनिक गर्नु पर्ने बताएका छन् ।

बिहिबार छैटौं राष्ट्रिय योग दिवसको अवसरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शर्माले योगलाई हरेका नागरिकहरुले अबलम्बन गर्नु पर्ने बताए । त्यस्तै उनले योगको महत्व दिन प्रतिदिन बढ्दै गएको बताए । कोरोना भाइरस संक्रमणमाथि बिजय हाँसिल गर्न सबैले योगलाई अंगालनु पर्ने बताए ।

उनले भने-“हामी सबैले योगलाई अबलम्बन गर्नु पर्छ,कोरोना भाइरस संक्रमण माथि बिजय हाँसिल गर्न पनि योग आवश्यक रहेको छ,यसको महत्व दिनप्रतिदिन बढ्दै गएको छ भने ।”

बिहिबार विश्व ब्यापी रुपमा ‘गरौं योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूल नाराका साथ योग दिवस मनाइदै छ ।

फेसबुक प्रतिक्रियाहरु