बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मन्थलीन नगरपालिकाको आठौं नगर सभा सम्पन्न : के-के भयो (पूर्ण)
समाचार

मन्थलीन नगरपालिकाको आठौं नगर सभा सम्पन्न : के-के भयो (पूर्ण)

पुष २८

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाले हाल सम्म २४.७५ प्रतिशत रकम खर्च गर्न सफल भएको बताएका छन् । मंगलबार नगरको आठौं नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले गत पुष २६ गतेसम्म कुल विनियोजित बजेटमा २४.७५ प्रतिशत रकम खर्च गरेको बताएका हुन् । उनले चालु तर्फ ३२.०५ प्रतिशत र पुँजीगत तर्फ १६.५ प्रतिशत रकम खर्च भएको बताए । प्रमुख बस्नेतले नगरले आन्तरीक राजश्व संकलनमा लक्ष्य अनुरुप उल्लेखनिय प्रगती गरेको बताए । उनले गत २६ ततेसम्म १ करोड ७५ लाख ६८ हजार ९ सय ५५ रुपैयाँ राजश्व मार्फत आम्दानी गरेको जानकारी दिए । उनले पछिल्लो समय नगरले कृषि क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेको बताए । नगरले कृषि, पर्यटन र पूर्वधारलाई संगै लिएर हिड्ने उनले बताए ।

त्यस्तै उप-प्रमुख माया कुमारी कार्कीले विगतको तुलनामा नगरपले हरेक कुरामा परिवर्तन गर्न सफल भएको बताइन् । उनले नगरपालिले गरेका काम प्रचारप्रशार नभएको तर काम भएको दाबी गरिन् । आफूहरुले रातदिन जनताको हितमा काम गरेको बताउदै भोलीका दिनमा पनि सबैको साथ र सहयोग हुनु पर्नेमा जोड्दिइन् । आफूहरुले अन्य गाउँ तथा नगरपालिकाको जस्तो कुनै मिडियाहरुलाई साथमा लिएर नहिडेकाले विकास् भएपनि बाहिर नआएको जिकिर गरिन् । नगरपालिकामा आफूहरुले गरेको कामले नगरको स्वरुप फेरिदै गएको उनको भनाई छ ।

त्यस्तै प्रमुख प्रशासकिय प्रमुख अधिकृत लिलाराज पौडेलले आर्थिक पक्षमा विगतको तुलनामा सुधारको चरणमा रहेको बताए । भोलीका दिनमा विकास निर्माण, भौतिक संरचना, सहरी विकासहरुलाई सबैले ध्यानमा राखेर कृषि क्षेत्रसंगै संगै लैजानु पर्नेमा उनले जोड्दिए ।

Image

आगामी योजना तथा नीतिहरु

Image

Image

Image

समस्या समाधानकालागि लिएका पहल यस्ता छन्…….

Image

फेसबुक प्रतिक्रियाहरु