शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रामेछापमा बाख्रा जोनका कृषकहरुलाई बाख्रा, डिसमिल, डिजीटल तराजुसहितका यन्त्र उपकरण विरतण
रामेछाप बिशेष

रामेछापमा बाख्रा जोनका कृषकहरुलाई बाख्रा, डिसमिल, डिजीटल तराजुसहितका यन्त्र उपकरण विरतण

पौष २८,

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले मंगलबार बाख्रा जोन कार्या क्षेत्रका कृषकहरुलाई कृषि उपकरण वितरण गरेको छ । पशुनश्लसुधार तथा उत्पादन वृद्धि अन्तर्गत बोयर जातका बोका तथा पाठी विरतण गरेको हो । मंगलबार मन्थली नगरपालिका १ भैसेश्वरमा २१ वटा बोयर बोका र पाठी समूह, सहकारी, फार्मलाई वितरण गरेको हो । १५ वटा बोका र पाठी ६ वटा गरी २१ वटा बोयर बाख्रा वितरण गरेको परियोजनाका सूचना अधिकारी बेदराज काफ्लेले जानकारी दिए ।

परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले विभिन्न समुह सहकारीहरुलाइ वितरण गको हो । परियोजनाले पहिलो पटकमा ३२ वटा र दोस्रो पटकमा गत पुष १० गते बोयर क्रस बोका १७ वटा र पाठी ११ वटा र तेस्रो मंगलबार (आज) १५ वटा बोयर क्रस बोका र ६ पाठी वितरण गरिएको हो । परियोजनाले हालसम्म विभिन्न समूह सहकारी संस्थाहरुलाई ८२ वटा बाख्रा वितरण गरिसकेको जनाएको छ । परियोजनाले ५० प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको हो ।

परियोजनाले मंगलबारै २३ वटा समूह, सहकारी, फामहरुलाई एक-एक वटाको दरले डिसमिल कृषकहरुलाई हस्तान्तरण गरेको छ । त्यस्तै २५ वटा समूह , सहकारी र फामहरुलाई चाँप कवाटर तीन वटा वितरण गरिएको जनाएको छ । परियोजनाले कृषकहरुलाई डिजीटर तराजु (तौत) १८ जनालाई विरतरण गरेको छ । चालु आर्थक वर्ष २०७७/०७८ को बजेट् मार्फत सो सामाग्री विरतण गरेको परियोजनाले जनाएको छ ।

कार्याक्रमका प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन इकाईका वरिष्ठ कृषि अधिकृत होमनाथ लम्सालले अरुबाख्रा पाल्दा आवश्क पर्ने कृषि औजार उपकरणहरुपनि वितरण गरेको बताए । परियोजनाले माघ महिना भित्रमा विभिन्न किट्नासक विषाधीहरुको निशुल्करुपमा उपलब्ध गराउने जनाएको छ ।

Image may contain: 5 people, outdoor

Image may contain: one or more people, crowd and outdoor

Image may contain: outdoor

Image may contain: outdoor, text that says 'ARMY'

फोटो होम नाथ लम्सालको फेस्बुकबाट 

 

फेसबुक प्रतिक्रियाहरु