शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गुम्देलबाट नवजात शिशु र आमाको उद्धार
रामेछाप बिशेष

गुम्देलबाट नवजात शिशु र आमाको उद्धार

पुष २८

रामेछाप । रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं गुम्देलबाट एक महिलाको र नावालक शिशुको उद्धार गरिएको छ । मंगलबार बिहान १० बजे उद्धार गरिएको हो ।

सोमबार राति गुम्देलको स्वास्थ्य चौकीमा राम्रोसंग जन्मिएका शिशुले मंगलबार बिहानदेखि आमाको दुध राम्रोसंग नखाएको र स्वास्थ्यमा समस्या भएकोदेखिएपछि उनीहरुलाई पालिकाको राष्ट्रपति महिला उथान कार्यक्रम अन्तर्गत सम्बन्धित निकाएमा खबर गरेर हेलिकप्टर मगाएर उनलाई काठमाडौं पठाइएको स्थानीय सुन्तोली घिमिरेले जुनेली न्युजलाई जानकारी दिइन् । पालिकाले पालिकाका आठ वटै वडामा महिला सुत्केरी हुन नसकेको भए निशुल्क उद्धार कार्यक्रम मार्फत उद्धार गर्दै आएको छ ।

उनका अनुसार महिला र नवजात शिशुको स्वास्थ्य हाल राम्रोनै रहेको खबर आएको र काठमाडौं उपचार भैरहेको बताएकी छन् । उद्धार सुमित्रा घिमिरे (बिक) को गरिएको हो ।

यसअघि बाम्तिबाट सुत्केरी हुन नसकेकी महिलाको उद्धार गरिएको थियो  ।

फेसबुक प्रतिक्रियाहरु