आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मुक्तिना महिला समूहले गरेको सुत्केरी महिलाहरुलाई पोषणयुक्त आहार कार्यक्रम प्रशसनिय छ- नगरप्रमुख चालिसे
गोकर्नेश्वोर बिशेष

मुक्तिना महिला समूहले गरेको सुत्केरी महिलाहरुलाई पोषणयुक्त आहार कार्यक्रम प्रशसनिय छ- नगरप्रमुख चालिसे

पुष २८

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले विपन्न सुत्केरी महिलाहरुलाई पोषणयुक्त आहारले सुत्केरी महिला र नवजात शिशु दुवैको स्वास्थ्यलाई फाइदा पूर्याउनले बताएका छन् । सबैले आ-आफ्नो ठाउँबाट सुत्केरी महिलाहरुलाई सहयोग गर्नु पर्ने उनको भनाई छ ।

सोमबार मुक्तीनाथ महिला समूहद्वरा गर्भवती तथा सुत्केरीलाई पोषणयुक्त आहार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चालिसेले यस्तो बताएका हुन् । उनले मुक्तीनाथ महिला समूहले महिलाहरुको सवालमा यो आहार वितरण कार्याक्रम गरेर प्रशंसनिय काम गरेको बताए । आगामी दिनमा पनि यस्ता काम गर्न पहल गर्न उनले सुझाए साथै नगरपालिकाले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु सुनारले महिला समूहको काम प्रशसनिय भएको भन्दै आगामी दिनमा यसलाई बिपन्न, दिन दुःखी असाह्य, र ग्रामीण क्षेत्रसम्म सेवा पुर्याउन सके थप प्रभावकारी हुने बताए ।

कार्यक्रममा नगरभित्रका ८० जना विपन्न तथा गरिब सुत्केरी एवं गर्भवतीहरुलाई पोषणयुक्त आहार अण्डा, हर्लिक्स, घ्यू र अन्य सामग्रीहरु वितरण गरेको समूहकी अध्यक्ष विमला श्रेष्ठले बताइन् । नगरपालिको सहयोगमा कार्यक्रम गरिएको हो ।

अध्यक्ष श्रेष्ठले महिलाहरु मिलेर बचतका लागि सुरु भएको समूहले कोरोना महामारीका कारण समस्यामा परेका सुत्केरी र बच्चाहरुका लागि सहयाेग गरेको बताइन् ।

कार्यक्रममा समुहका सदस्यहरु भवानी चाैलागाई ,जमुना पाठक, भवानी द‌गाल, रिता तिमल्सिना ,सज्जा परियार र निशा लिम्बुलाई स‌स्थाकाे हितमा स्थापनाकालदेखिनै निरन्तर यी र यस्ता काम गरेकाे भनि सम्मान गरेकाे थियाे ।

 

फेसबुक प्रतिक्रियाहरु