शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भारतीय रक्षा राज्यमन्त्री कार दुर्घटनामा गम्भीर घाइते, श्रीमतीसहित दुईजनाकाे मृत्यु
समाचार

भारतीय रक्षा राज्यमन्त्री कार दुर्घटनामा गम्भीर घाइते, श्रीमतीसहित दुईजनाकाे मृत्यु

पुष २८
एजेन्सी । भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक सवारी दु्र्घटनामा परेका छन्।

मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा पर्दा उनकी पत्नी विजया नाइक र स्वकीय सचिवको मृत्यु भएको छ। दुर्घटनामा मन्त्री नाइक गम्भीर घाइते भएका छन्।

मन्त्री नाइकको अहिले अंकोला जिल्ला अस्पतालमा उपचार भैरहेको छ । अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ ।

मन्त्री नाइक पत्नीसहित गोकर्ण गइरहेका बेला येल्लापुर र गोकर्णबीचको सडक खण्डमा कार दुर्घटना भएको हो। उनीहरु कर्नाटकको येल्लापुरस्थित गणपति, कवादिकरे, पंडवासी ग्राम दीवी मन्दिर र ईश्वर मन्दिरमा पुजा गरेर फर्किदा दुर्घटनामा परेका थिए।

फेसबुक प्रतिक्रियाहरु