बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सामान लिएर रामेछाप आइरहेका ट्रक चालक सिन्धुलीमा बिना कारण निर्घत कुटिए
दुर्घटना/अपराध

सामान लिएर रामेछाप आइरहेका ट्रक चालक सिन्धुलीमा बिना कारण निर्घत कुटिए

पुष २४,

रामेछाप । महोत्तरीबाट सामान लिएर रामेछाप आउने क्रममा एक जना ट्रक चालकलाई सिन्धुलीमा कर्मचारीहरुले बिना कारण निर्घात कुटपिट् गरेका छन् । ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं ४ घर भएका २८ वर्षीय लिलबाहादुर भुजेललाई कार्मचारीहरुको एक समूहले निर्घट कुटपिट गरेको हो ।

उनलाई बिहिबार राति १० ३० बजेको समयमा जिल्लाको गोलन्जोर गाउँपालिका र कमलामाई नगरपालिकाको सिमाना सोला भन्ज्याङ्गमा महोत्तरीबाट रामेछापको मन्थली नगरपालिका तर्फ आउदै बा ५ ख २४२५ नंम्बरको ट्रकका चालकलाई इमानुयल कन्ट्रक्सन प्रा.लि का कर्मचारीहरुले चिर्पट प्रहार गरि सशक्त घाइते बनाएका हुन् । उनले भने-“ कर्मचारीले के लिएर आएको कर, काट भनेपछि मैले चिनी लिएर आएको हो, चिनी ल्याउँदा कर तिर्ने गरेको छैन भने मैले त्यसो भन्ना साथ ममाथि हातपात गरी ट्रक चलाई रहेको अवस्थामा ट्रकको स्टेरिङ् समाएर मेरो हातको दाँया हातको साईली औलामा टोक्दा मैले उक्त औलामा लगाएको अन्दाजी १ तोलाको सुनको औठी हरायो ।“  हराएको छ ।

उनले ल्याएका सामानहरुको भ्याट् बिलसमेत कर्मचारीहरुले जफत गरेका छन् । त्यस्तै उनीहरुले औला टोक्किदिदाँ औलामा चोट् लाग्नुका साथै उनीहरुले चिर्पट् समेत प्रहार गरेका थिए । चिर्पटको कुटाईबाट भुजेलको आँखामा गम्भिर चोट् लागेको छ । उनले शुक्रबार आफूलाई कुट्पिट् भएको भन्दै इलाका प्रहरी कार्यालय खुर्कोट्मा निवेद्न दिएका छन  ।

फेसबुक प्रतिक्रियाहरु