सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • रामेछापमा नेकपाका दुई समूहबीच बिबाद् उत्कर्षमा : प्रचण्ड-नेपाल समूहले ओली समूहलाई भन्यो पार्टी फूटाउन लाग्यौ, बैठख रोक
रामेछाप बिशेष

रामेछापमा नेकपाका दुई समूहबीच बिबाद् उत्कर्षमा : प्रचण्ड-नेपाल समूहले ओली समूहलाई भन्यो पार्टी फूटाउन लाग्यौ, बैठख रोक

पुष २२,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज (बुधबार) को लागि डाकेको जिल्ला कमिटीको भेला दुई समूहको अन्तरद्वन्द्ले अन्यौलमा परेको छ ।

ओली समूहले आजको लागि जिल्लामा जिल्ला कमिटी बैठक डाकेको छ । पार्टीका केन्द्रीय सचिवालय सद्स्य समेत रहेका उप-प्रधानमन्त्री ईश्वर पोखरेल प्रशिक्षणमा आउनले भनिए पनि प्रचण्ड-माधव समूहले विज्ञप्ति जारी गरेर आज कुनै कार्यक्रम तथा जिल्ला कमिटी बैठक नरहेको जनाएको छ ।

ओली समूहले आजको लागि बैठक डाकेको ब्यानर
ओली समूहले आजको लागि बैठक डाकेको ब्यानर

 

भोली मन्थलीमा ओली पक्षको जिल्ला कमिटी भेला : इश्वर पोखरेलले प्रशिक्षण दिनेउसले जारी गरेको विज्ञप्तिमा गत पुष १५ गतेनै तेस्रो पूर्ण बैठक बसिसकेको उल्लेख छ । तर ओली समूहले आजको हुने भनिएको भेलालाई तेस्रो बैठक भनेको छ । साथै ओली समूहले गर्न लागेको भेला नेकपालाई फूटाउनकै लागि गर्न लागेको प्रचण्ड-नेपाल समूहको आरोप छ ।

प्रचण्ड-नेपाल समूहले पार्टी फूटबाट जोगाउन आ-आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्नेमा ओली समूहले छुट्टै बैठक डाकेर थप जटिल बनाएको प्रचण्ड-नेपाल पक्षको दाबी छ । यसले आज कुनै भेला, बैठक, छलफल समेत नरहेको उल्लेख गरेको छ ।

प्रचण्ड-नेपाल पक्षका जिल्ला अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बैठक नरहेको उल्लेख छ । तर ओली समूहले विज्ञप्तिकोपछि नलाग्न भनेको छ ।

विज्ञप्ति पढ्नुहोस्

No description available.

 

फेसबुक प्रतिक्रियाहरु