सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • रामेछापका डीएसपी पाठकको सरुवा : नवराज ढुंगाना आउदै
रामेछाप बिशेष

रामेछापका डीएसपी पाठकको सरुवा : नवराज ढुंगाना आउदै

पुष २२,

रामेछाप । करिब एक वर्ष अघि जिल्ला प्रहरी कार्यालय रामेछाप प्रमुखका रुपमा रामेछाप प्रवेश गरेका डीएसपी वसन्त पाठकको सरूवा भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालले पाठकसहित ६९ जना डीएसपीहरुको सरुवा गरेको थियो । सोही कारण उनको सरुवा भएको हो । पाठकले जिल्लामा रहदा जिल्लाको शान्ति सुरक्षलाई कडाई गर्दै विभिन्न नाकाहरुमा सिसिक्यामेर जडान, नाकाहरुमा प्रहरी अस्थाई बिट् निर्माण, गाउँगाउँमा प्रहरी साझे सम्बन्धि जनचेतना मूलक काम गर्दै आएका थिए ।

उनको सरुवा भएसंगै अब जिल्लामा डीएसपी नवराज ढुंगाना आउने भएका छन् । उनी हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका थिए ।

उनी जिल्लाको प्रहरी प्रमुख बनेर जिल्ला भित्रिनेछन् ।

फेसबुक प्रतिक्रियाहरु