पुस २१,
काठमाण्डाै । इरानले फेरि युरेनियमको २० प्रतिशतसम्म प्रशोधन गर्न सुरु गरेको छ । यो विश्वका शक्तिशाली देशसँग सन् २०१५ मा भएको सम्झौताको उल्लङ्घन हो ।
इरानी सरकारका प्रवक्ता अली रबीईले युरेनियम प्रशोधन प्रक्रिया भूमिगत फोर्डाे प्लान्टमा केही घण्टाअघि सुरु भएको मेहर न्युज एजेन्सीसँग भने ।
यस किसिमको युरेनियमको उपयोग रिएक्टर इन्धन बनाउनको लागि प्रयोग गर्न सकिन्छ तर यसको परमाणु बनाउनका लागि पनि प्रयोग हुन सक्छ ।
हतियारमा प्रयोग हुने युरेनियममा ९० प्रतिशत शुद्धता हुन्छ ।
यद्यपि ग्लोब न्युक्लियर एजेन्सीको तर्फबाट यसलाई लिएर कुनै पुष्टि भएको छैन ।
अमेरिकाले परमाणु सम्झौता त्यागेपछि र प्रतिबन्धहरु फेरि स्थापित गरेपछि इरानले धेरै प्रतिबद्धता स्थगित गरेको छ ।
सन् २०१५ मा भएकाे परमाणु सम्झाैताअनुसार इरानले मात्र चार प्रतिशत शुद्धतासम्म युरेनियमकाे प्रशाेधन गर्न सक्छ । एजेन्सि
फेसबुक प्रतिक्रियाहरु