सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • खाँडादेवीमा प्रचण्ड-नेपाल समूहको पालिका स्तरिय भेला सम्पन्न
रामेछाप बिशेष

खाँडादेवीमा प्रचण्ड-नेपाल समूहको पालिका स्तरिय भेला सम्पन्न

पुष २०,

रामेछाप । खाँडादेवी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार बिघटित प्रतिनिधिसभाका संसद् एवं पार्टीका जिल्ला सह-इन्चार्ज श्यामकुमार श्रेष्ठ “कुशल”को उपस्थितिमा भेला तथा प्रशिक्षण सम्पन्न भएको भेलामा सहभागी नेकपा कार्याकर्ता गोपाल नेपालीले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार गाउँपालिकाको केन्द्रमा गरिएको भेलामा प्रचण्ड-नेपाल समूहका तीन सय जनाभन्दा माथिको सहभागिता रहेको थियो ।

भेलालाई कुशलसहित पालिकाका अध्यक्ष कुमार श्रेष्ठ, र सचिव रमेश तामाङसहितका नेताहरुले सम्बोधन गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बिघटन गर्नु असंबैधानिक, अलोकतान्त्रीक र जनभावन बिपरित रहेको जिकिर गरेका थिए । उनीहरुले संसद् पुःनस्थापना गर्नुको बिकल्प नरहेको बताएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु