सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • गृह जिल्ला आएका स्वास्थ्य क्षेत्रका सुधारका अभियान्ता डा. केसी र नगरप्रमुख बस्नेतबीच भेटवार्ता (भिडियो)
रामेछाप बिशेष

गृह जिल्ला आएका स्वास्थ्य क्षेत्रका सुधारका अभियान्ता डा. केसी र नगरप्रमुख बस्नेतबीच भेटवार्ता (भिडियो)

पुष २०,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेत र वरिष्ठ हाडजोर्नी बिशेषज्ञ एवं स्वास्थ्य क्षेत्रका सुधारका अभियान्ता डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ ।

विगत एक सातादेखि डा. केसी गृह जिल्ला रामेछापको मन्थलीस्थित प्रथामिक स्वास्थ्य केन्द्रमा बिरामीहरुको उपचारमा संलग्न हुदै आएका थिए । उनी एक साताअघि काठमाडौंबाट गृह जिल्ला प्रवेश गरेका थिए । डा. केसीको घर जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुवमा रहेको छ ।

उनी स्वास्थ्य क्षेत्रका सुधारक अभियान्त समेत हुन । उनी स्वास्थ्य क्षेत्रमा रहेका विकृतीहरु हट्नू पर्नेमाग सहित पटक-पटक लामो समय अनसन् बसेका छन् । एकसातादेखि जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाको वडा नं १ स्थित मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट बिरामीहरुलाई सेवा दिदै आएका डा. केसीलाई भेट्न नगरप्रमुख बस्नेत सोमबार बिहान अस्पताल पुगेका थिए । भेटमा अस्पतालको सेवामा विस्तारको लागि आवश्यक परामर्श तथा छलफल भएको नगरप्रमुख निकट नविन कार्कीले जुनेली न्युजलाई बताए ।

उनले भने-“नगरप्रमुख, डा.सापलाई भेट्न बिहान अस्पतालमै जानुभयो, भेटमा थप सेवा विस्तारको लागि आवश्यक परामर्श तथा छलफल भयो, प्रमुख रमेशकुमार बस्नेतले डा.केसीलाई स्वागत तथा नगरभित्रका स्वास्थ्य केन्द्रहरु सुधारका बिषयमा छलफल  गरी आवश्यक कामलाई नगरप्रमुखबाट चाडै गर्ने प्रतिबद्धता भयो भने ।”

सोमबारै डा .केसी एकसाताको प्राथामिक स्वास्थ्य केन्द्रको बसाईपछि जिल्ला अस्पताल रामेछाप प्रस्थान गरेका छन् । उनी त्यहाँ एकसाता रहने बताइएको छ ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/100006520873137/videos/pcb.3097617923798873/3097606633800002/

फेसबुक प्रतिक्रियाहरु