शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • रुकुम घटनाको न्याय माग गर्दै पीडित परिवारसहित धर्ना तथा खबरदारी बिरोध कार्यक्रम
समाचार

रुकुम घटनाको न्याय माग गर्दै पीडित परिवारसहित धर्ना तथा खबरदारी बिरोध कार्यक्रम

काठमाडौं । रुकुम जाजरकोट हत्याकाण्ड– नबराज सहित ६ जना युवाको हत्याको हत्यारालाई सख्त कारवाहीको माग गर्दै विभिन्न राजनीतिक पार्टीका भातृसंगठनहरु संयुक्त राजनीतिक दलित संघर्ष समिती,दलित एकता संजाल नेपाल, तथा दलित नागरिक समाजको आयोजनामा काठमाडौको माइतीघर मन्डलामा धर्ना तथा खबरदारी बिरोधि कार्यक्रम भएको छ ।

गत जेष्ठ १० गते नबराज बिक सहित गणेश बुढा , सन्जु बिक , गोबिन्द शाही , लोकेन्द्र सुनार , टिकाराम सुनारलाई हत्या गरि भेरी नदिमा फालिएको थियोे । एक गैरदलित युवतीसगको प्रेम र बिवाहाबाट सिर्जित यो घटना इतिहास कै नरसंहारको रूपमा दलित समुदायले लिएका छन् । घटनामा पक्रिएका ३४ जना मध्ये ४ जनालाई रुकुम जिल्ला अदालतले , ४ जनालाई उच्च अदालत सुर्खेतबाट धरौटीमा छुटिसकेका छन् । बाँकी रहेका मध्ये आज सर्बोच्च अदालतमा थुन छेकको बहस चल्दैछ ।

मृतकका परिवार पनि आफ्ना छोराको हत्यारालाई कारवाहीको माग गर्दै काठमाडासम्म आएका छन् । एक पछि अर्को आरोपितहरु धरौटीमा छुटिरहदा कतै हामीले न्याय नपाउने हो कि भनि पीडित परिवार त्रसित छन् । न्याय सबैको लागि समान हो , हत्यारालाई कारवाही होस भन्दै आज सर्बोच्च अदालतबाट उचित फैसलाको लागि धर्ना कार्यक्रम गरीएको हो ।

फेसबुक प्रतिक्रियाहरु