शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पत्रकार घिमिरे जय नेपाल सामाजिक युवा संस्थाको अध्यक्ष
रामेछाप बिशेष

पत्रकार घिमिरे जय नेपाल सामाजिक युवा संस्थाको अध्यक्ष

पुष १९,

रामेछाप । रेडियो तामाकोशीका समाचार प्रमुख,संचारकर्मी मिलन घिमिरे (बि.क) जय नेपाल सामाजिक संस्थाको जिल्ला अध्यक्षमा बनेका छन् ।

आइताबार संघका केन्द्रीय अध्यक्ष राजु सुनारले घिमिरेलाई रामेछापको जिल्ला अध्यक्षमा चयन गरेका हुन् । लामो समयदेखि सामजसेवी काम गर्दै आएको संस्थाले हालसम्म ३५ जिल्लामा शाखा विस्तार गरि सकेको छ ।

जिल्ला शाखा विस्तार गर्ने क्रममा ३४ औं जिल्ला शाखा विस्तारमा संघले रामेछापमा घिमिरेलाई जिम्मेवारी दिएको छ । घिमिरेले जिल्लामा पत्रकारीता क्षेत्रमा आबद्ध रहेका छन् ।

अध्यक्षयमा चयन भएसंगै जुनेली न्युजसंग कुरा गर्दै घिमिरेले जिल्लामा आफ्नो कार्यासमितिलाई पूर्णता चाडैदिने प्रतिबद्धता जनाए । उनले भने मलाई केन्द्रले दिएको जिम्मेवारीलाई थप कर्तब्य थपिएको महसुस् गरेको छु, म चाडै समितिलाई पू्र्णता दिनेछु ।

उनले केन्द्रीय अध्यक्ष सुनारलाई संस्थाको शाखा कार्यालयको जिम्मेवारी दिएकोमा आभार ब्यक्त गरेका छन् । घिमिरे जुनेली न्युजको जिल्ला संमवाददाताको रुपमा समेत काम गर्दै आएको छन् ।

Image may contain: text

फेसबुक प्रतिक्रियाहरु