मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • प्रिमियर लिग : चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लियो
समाचार

प्रिमियर लिग : चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लियो

 

पुस २०,

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीका लागि इल्के गुण्डोगान, फिल फोडेन र केभिन डी ब्रुएनले एक/एक गोल गरेका थिए । जितसँगै म्यानचेस्टर सिटी २९ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको हो । चेल्सी २६ अंक जोडेर आठौं स्थानमा छ ।

यस्तै, गएराति भएकै अर्को खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २ –१ गोल अन्तरले हराएको छ । लेष्टर सिटीलाई  जिताउन जेम्स म्याडिसन र युरी टिलेमान्सले एक/एक गोल गरे । अंक तालिकामा लेस्टर सिटी ३२ अंकसहित तेस्रो  स्थानमा छ भने  न्युक्यासल १९ अंकसहित १५ औँ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु