सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका कृषकलाई अनुदानमा ट्याक्टर तथा कृषि औजार वितरण
रामेछाप बिशेष

उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका कृषकलाई अनुदानमा ट्याक्टर तथा कृषि औजार वितरण

पुष १९,

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले यन्त्र उपकरण वितरण गरेको छ ।

शनिबार जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका स्थानीयहरुलाई सामाग्री हस्तान्तरण गरिएको परियोजनाका सूचना अधिकारी बेदराज काफ्लेले जुनेली न्युजालई जानकारी दिए । उनका अनुसार गोकुलगंगा गाउँपालिकाको वडा नं ३ रस्नालुमा एक कार्यक्रमका बिच जोन क्षेत्रका कृषकहरुलाई ३२ वटा मिनिटिलर/हाते ट्कक्टर र ४२ वटा स्प्रेयस वितरण गरेको हो । परियोजनाले ५० प्रतिशत अनुदानमा सामाग्री उपलब्ध गराउदै आएको छ ।

गाउँपालिकाका कृषक समुह/ सहकारी तथा निजी फर्मलाइ सामाग्री वितरण गरिएको परियोजनाका प्रमुख होमनाथ लम्सालले बताए ।

परियोजनाले कृषिलाई आधुनिकिकरण गरि कृषकहरुको जिवन स्तरमा सुधारको लागि विशेष सहयोग गर्दै आएको छ ।

No description available.

No description available.

फोटो बेदराज काफ्लेको फेस्बुकबाट साभार

फेसबुक प्रतिक्रियाहरु