सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • चुचुरेमा वडाअध्यक्ष लामाले जन्मदिनको अवसरमा रोपे वडामा फलफूलका विरुवा
रामेछाप बिशेष

चुचुरेमा वडाअध्यक्ष लामाले जन्मदिनको अवसरमा रोपे वडामा फलफूलका विरुवा

पुष १९,

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेका वडा अध्यक्षले आफ्नो जन्मदिनको अवसरमा वृक्षा रोपण गरेका छन् ।

शनिबार आफ्नो जन्मदिनको अवसर पारेर वडा अध्यक्ष मणीकुमार लामाले वडा कार्यालय परिसरसहित ५ सय मिटर वरपर विभिन्न जातका विरुवाहरु रोपेका हुन् । उनले वडाको वडा कार्यालय परिसरमा विरुवा रोपेर सो क्षेत्रलाई हराभरा बनाउने समेत प्रतिबद्धता जनाएका छन् । जन्मदिनको अवसरमा करिब एक हजार भन्दाबढी बिरुवा रोपने तयारी गरेको उनले जुनेली न्युजलाई बताए ।

जुनली न्युजसंग उनले भने-मैले वातावरणलाई हराभरा बनाउनको लागि सबैले आफ्नो क्षेत्रबाट प्रेरणा मिलोस् भनेर आज एक हजारभन्दाबढी विरुवा रोपेने तयारी गर्दै छु केही सुरुवात गरिसके ।

उनी कृषि र पर्यटनबाट नै वडालाई नमुनाको रुपमा विकास गर्न सकिन्छ भन्ने कर्ममा लागेका छन् । कृषि क्षेत्र, वातावरण, ऐतिहासिक स्थलहरुको प्रचारप्रसार, निर्माण, संस्कृतिक सम्पदाहरुको निर्माण, मन्दिर, पार्टी पौवा, गुम्बा, गुफाआदि क्षेत्रहरुलाई चर्चा परिचर्चा गरि पर्यटकहरुलाई लोभ्याउने स्थालहरु निर्माण गर्न लागि परेको जुनली न्युजसंग बताए ।

उनले जन्मदिन स्थानीयहरुकोबीच मनाएका थिए ।

Image may contain: 9 people, people standing, mountain, outdoor and nature

Image may contain: 9 people, people standing, mountain, outdoor and nature

फोटोलामाको फेस्बुकबाट साभार

फेसबुक प्रतिक्रियाहरु