शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आजबाट अंग्रेजी नयाँ वर्ष २०२१ प्रारम्भ
समाचार

आजबाट अंग्रेजी नयाँ वर्ष २०२१ प्रारम्भ

पुष १७,

काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष २०२१ प्ररम्भ भएको छ । सन् २०२० को अन्त्य भएसंगै सन् २०२१, आजबाट ईस्वी संवतको नयाँ वर्ष संसारभरि भब्यताकासाथ सन् २०२१ को स्वागत गरिँदैछ ।

सन् २०२० एउटा विषम र कठिन वर्ष थियो । सारा विश्वलाई लकडाउनमा राखेर एक तिहाई विश्व नै घरका छतमुनी धेरै महिनासम्म बस्नुपरेको यस वर्षलाई दोश्रो विश्वयूद्धपछिको सर्वाधिक ठूलो क्राइसिसका रुपमा लिइएको छ । विश्व अझै पनि कोरोना भाइरसका बिभिन्न संस्करणहरुको प्रभावमा छ । कतिपय देशहरु अझै खुलेका छैनन, कतिपय त खुलेर पनि बन्द भए अनि कतिपय देशहरु सुधारउन्मुख छन् ।

सन् २०२० ले पछिल्ला शताव्दीभरिमा हुन नसकेका रुपान्तरणहरु एकैवर्षमा गरिदिएको छ । यस वर्षले नयाँ र नर्मल विश्वको परिकल्पना दिएर गएको छ । नर्मल वर्षहरुको प्रतिक्षाको व्यग्रता यस वर्षले झनै बढाएर गएको हो ।

अन्तराष्ट्रिय संवतहरु ईस्वीसंवतमै संसारभरि हुनेभएकाले यो संवतको पनि भिन्नै प्रतिष्ठा र उपयोगीता छ । बिसं भने ईस्वी संवत भन्दा ५७ बर्षले अगाडी छ ।

फेसबुक प्रतिक्रियाहरु