शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आर्थिक अभावले रोगसंग लडिरहेका परिवारलाई घिमिरेको संस्थाबाट यति धेरै सहयोग
समाचार

आर्थिक अभावले रोगसंग लडिरहेका परिवारलाई घिमिरेको संस्थाबाट यति धेरै सहयोग

पुष १६,

काठमाडौं । दलित समूदायको तर्फबाट पहिलो सगरमाथा आरोही विजय घिमिरेको संस्था नेपाल शाखा कार्यालयले आर्थिक अभावमा परि उपचार गराउन नसकेका परिवारलाई आर्थिक सहयोग उपलब्ध गरेको छ ।

बुधबार झापाको मेचीनगर नगरपालिका वडा ११ बस्ने कमला कुमारी वोराइ राजवंशीको २०७४ सालदेखि पाठेघरको समस्या, कलेजोमा बोसो जमेको साथै उनका दुई छोराहरुलाई पनि वोनम्यारो सम्बन्धि रोग भएको हुदा लामो समयदेखि आर्थिक अभावका कारण उपचार गराउन सकेका थिएनन् ।

No description available.

१७ वर्षीय भवेशर र १२ वर्षीय कृष राजवंशीको वोनम्यारोको उपचारको लागि घिमिरेको संस्थाले बुधबार नगद् रु. ६९ हजार ८ सय २४ रुपैयाँ सहयोग गरेको संस्थाका केन्द्रीय अध्यक्ष विजय घिमिरेले जुनेली न्युजलाई जानकारी दिए ।

जिल्ला अध्यक्ष महेरद्र विश्वकर्मासहितको टोलीले पीडितको घरमै पुगेर आर्थिक सहयोग गरेको उनले बताए । घिमिरेले समस्यामा परेका मानिसहरुलाई सहयोग गर्नकै लागि आफ्नै थरबाट संस्थानै खोलेर सहयोगको वातावरण तय गर्दै आएका छन् । पीडितको परिवारलाई अझै सकेको सहयोग गर्ने समेत घिमिरेले बताए ।

घिमिरे दलित समूदायको तर्फबाट पहिलो पटक सगरमाथासहितका हिमाच चडिसकेका छन् ।

Image may contain: one or more people, people on stage, shoes and outdoor

फेसबुक प्रतिक्रियाहरु