शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुन्दरीमाई जेसीसको ५औं स्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
गोकर्नेश्वोर बिशेष

सुन्दरीमाई जेसीसको ५औं स्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

पुष १५,

काठमाडौँ । सुन्दरिमाइ जेसिसको आयोजनामा ५ औं स्थापना कार्यक्रम, पुरस्कार वितरण तथा हरिशरण ढुंगानाद्वारा लिखित मानसोच्छालन (कबिता संग्रह) को बिमोचन कार्यक्रम संम्पन्न भएको छ |

जे.सि.आइ.की उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रमिला शेर्पाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोकर्नेश्वोर नगरपालिकाकी उपमेयर शान्ति नेपाल रहनु भएको थियो |

No description available.

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ विशेष अतिथिमा हुनुहुन्थ्यो भने अतिथिहरु साहित्यिक समालोजक डा. लेख प्रसाद निरौला, साहित्यका गोविन्द प्रसाद घिमिरे वेदमणी र बुढानिलकण्ठ स्कुलका प्राचार्य श्री हेम नाथ आचार्य रहनु भएको थियो । निवर्तमान अध्यक्ष जेसी प्रमोद खरेल तथा अध्यक्ष २०२० का जेसी उत्तम राज चालिसेको उपस्थिति रहेको थियो ।

No description available.
२०२१ को निर्वाचित पदाधिकारीहर :
अध्यक्ष – जेसी जानुका दाहाल
कार्यकारी उपाध्यक्ष – जेसी भावना दाहाल
कार्यकारी उपाध्यक्ष – जसी संगिता अधिकारी
महासचिव – जेसी बिवेक सिग्देल
कोषाध्यक्ष – जेसी सुमन थापा
कानुनी सल्लाहकार – जेसी प्रमोद सिग्देल
उपाध्यक्ष – जेसी प्रमिला शेर्पा
उपाध्यक्ष – जेसी अमृता के.सी.
उपाध्यक्ष – जेसी अभिषेक नेपाल
उपाध्यक्ष – जेसी दिनेश थापा

No description available.
साथै सो कार्यक्रममा लेखक हरिशरण ढुङ्गाना, साहित्यकार गोविन्द प्रसाद घिमिरे वेदमाणी, गोकर्णेश्वर नगरपालिका शिक्षा समिति सदस्य चद्र प्रसाद पौडेल र सल्लाहकार जेसी शिवराज खनालहरु सम्मानित हुनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको हातबाट इन्जिनियर रामजी श्रेष्ठ र शिक्षक जमुना कारंजितलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा सम्पुर्ण अतिथिहरुले शुभकामना व्यक्त गर्नु भएको थियो भने स्वागत मन्तव्य जेसी अमृता के.सी.ले दिनु भएको थियो ।
कार्यक्रम संचालन जेसी भावना शाहले गर्नु भएको थियो भने सर्वपक्षिय रुपमा धन्यवाद दिनुको साथै सो कार्यक्रमको समापन सभापति एवं संयोजक जेसी प्रमीला शेर्पाले गर्नु भएको थियो ।

No description available.

फेसबुक प्रतिक्रियाहरु